मंसिर २० गते हुने निर्वाचनका लागि करिब तीन लाख सुरक्षाकर्मी परिचालन गरिने भएको छ

Machchapuchchre

अर्थ राजनीति   ~  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तीन लाख सुरक्षाकर्मीले सुरक्षाको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

सरकारले एकै चरणमा निर्वाचन गराउने घोषणा गरेको छ भने आगामी मंसिर २० गते दोहोरो निर्वाचनका लागि मतदान हुँदैछ ।

निर्वाचनका लागि नेपाल प्रहरीले ७१ हजार ६ सय ९३ प्रहरी र एक लाख १५ हजार अस्थायी प्रहरी परिचालन गर्ने योजना बनाएको छ भने नेपाली सेनाले विगतमा जस्तै ७१ हजार र सशस्त्र प्रहरी बलले ३५ हजार जनशक्ति परिचालन गर्ने आन्तरिक तयारी गरेको छ ।

त्यसैगरी राष्ट्रिय अनुसन्धान विभागबाट पनि दुई सयभन्दा बढी उम्मेदवार हुनेछन् ।

निर्वाचनका लागि परिचालन हुने गरी जम्मा २ लाख ९४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

तर, निर्वाचनको केन्द्रीय सुरक्षा योजनाअनुसार संख्यामा केही परिवर्तन हुनसक्ने सुरक्षा अधिकारीहरुले बताएका छन् ।

गृहमन्त्रालयले निर्वाचनको केन्द्रीय सुरक्षा योजनालाई अन्तिम रूप दिन सकेको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्