राष्ट्रियसभामा आज पनि नागरिकता विधेयकमाथि छलफल जारी रहनेछ

Machchapuchchre

अर्थ राजनीति   ~  राष्ट्रियसभाको बैठकमा आज पनि नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफल जारी रहनेछ ।

राष्ट्रियसभाको बैठक शुक्रबार दिउँसो बस्दैछ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार छलफलका लागि नाम दर्ता गराउने सांसदले पालो नआएपछि आजको बैठकमा पनि छलफल जारी रहने जानकारी दिए ।

बिहीबार सांसद जितेन्द्रनारायण देवले प्रमुख प्रतिपक्षले विधेयकमा राजनीति गरेको आरोप लगाए ।

तत्कालीन सरकारले नागरिकता विधेयकमा अध्यादेश ल्याएपछि ‘वैवाहिक अंगीकृत नागरिकता’को विषय किन नआएको उनले जिज्ञासा राखे ।

उनले संविधानअनुसार नै विधेयक ल्याइएको तर्क गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्