पाँच दलबीच सिट बाँडफाँड लगभग टुङ्गियो : प्रचण्ड

Machchapuchchre

अर्थ राजनीति   ~  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलबीचको सिट बाँडफाँड कुनै पनि दललाई निराश नहुने गरी हुने बताउनुभएको छ ।

शुक्रबार बिहान एक कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत पुगेका प्रचण्डले मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दलहरुबीच सिट बाँडफाँड गर्ने सहमति नजिक पुगेको बताए ।

‘प्रदेशमा पनि सिट टुंगो लगाउने विषयमा छलफल भइरहेको छ,’ उनले भने ।

सत्तारुढ गठबन्धनका नेताहरुबीच आज सिट बाँडफाँडका विषयमा पनि छलफल हुने उनले गठबन्धनभित्र ‘असहमति’ भएको खबरलाई खारेज गर्ने बताए ।

सत्तारुढ गठबन्धनले दुई दिनसम्म आ–आफ्नो पार्टीभित्र आन्तरिक छलफल गरी कार्यदल र शीर्ष नेताको बैठकबाट सिट बाँडफाँडको टुंगो लगाउने सहमति गरेको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले सिट बाँडफाँडका लागि आन्तरिक छलफल गर्ने सहमति गरेको हो ।

कार्यदलका एक सदस्यका अनुसार सय सिट दाबी गर्दै आएको नेपाली कांग्रेसले केही सिट घटाउने लचकता कायम राखेको छ ।

पाँच दलको सत्तारुढ गठबन्धनमा रहेको प्रमुख दल नेपाली कांग्रेसले मंसिर १० गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सिट सङ्ख्या घटाउने सहमति गरेको छ ।

यसको अर्थ काङ्ग्रेसले गठबन्धनका अन्य साझेदारका लागि ८९ सिट छाडेर ८६ सिटमा सहमति गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्