आज बढ्यो सुन-चाँदीको मूल्‍य

Machchapuchchre

अर्थ राजनीति  ~   सुनको मूल्‍य तोलामा चार सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ९० हजार रुपैयाँका कारोबार भएको छापावाल सुनको मूल्‍य सोमबार ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको मूल्‍य सोमबार ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबार तेजाबी सुन प्रतितोला ८९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको प्रतितोला मूल्‍यमा पनि पाँच रुपैयाँको वृद्धि भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्