कोरोना महामारीमा विकास बैङ्कले यस्तो व्यवस्था गर्नुपर्ने, संघको निर्देशन

Machchapuchchre

अर्थ राजनीति  ~  कोरोना भाइरस (कोभिड१९) को दोस्रो लहरबाट संक्रमित हुनेहरु बढ्दै गएपछि  डेभलपमेन्ट बैंकर्स संघले पनि विकास बैङ्कहरुलाई १२ बुँदे निर्देशन दिएको  छ ।

–       नेपाल राष्ट्र बैङ्कबाट जारी गरिएको निर्देशनको अक्षरश पालना गर्ने र कर्मचारी तथा ग्राहकहरुको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई कोभिडको असर पर्न नदिनका लागि सम्भव भए सम्मका उपायहरूको अवलम्बन गर्ने,

–       निषेधाज्ञा जारी भएका स्थानमा नेपाल राष्ट्र बैङ्कले दिएको निर्देशनको परिधि भित्र रही सेवा प्रदान गर्नका लागि प्रत्येक सदस्य बैङ्कले योजना बनाउने र उक्त योजना सदस्य बैङ्कहरू बीच समन्वयताका लागि आदान प्रदान गर्ने,

–       सेवा प्रदान गर्न खोलिने शाखा/बैकल्पिक शाखाहरूको सूची बैंकिङ समय समेत उल्लेख गरी प्रत्येक दिन बैङ्कको वेभसाइट र शाखाका मूल ढोकामा प्रकाशित गर्ने व्यवस्था मिलाउने,

–       स्थानीय प्रशासनले बैंकिङ सेवा समेत प्रवाह गर्न रोक लगाएको वा बैकल्पिक व्यवस्था गरेको भएमा सोही अनुसार गर्ने,

–       स्थानीय प्रशासन र अन्य निकायहरुसँग आवश्यक समन्वयको व्यवस्था मिलाउने,

–       प्रत्येक सदस्य बैङ्कले प्रधान कार्यालयमा र शाखाहरूमा ग्राहकबाट लिइने जानकारी प्रदान गर्न र समन्वय गर्नका लागि सम्पर्क व्यक्ति तोकी उक्त सम्पर्क व्यक्तिको फोन नं. र इमेल आइडी बैङ्कको वेभसाइटमा प्रकाशित गर्ने,

–       सदस्य बैङ्कले प्रधान कार्यालयमा २ जना वरिष्ठ पदाधिकारीहरूलाई सम्पर्क व्यक्ति तोकी उक्त पदाधिकारीहरूको नाम,मोवाइल नं.,इमेल आइडी आदि एसोसिएसनको सचिवालयलाई उपलब्ध गराउने,

–       एशोसियसनका माध्यमबाट पहल गरी समाधान गर्नु पर्ने किसिमका कुनै समस्या आएमा अध्यक्ष/उपाध्यक्ष/अन्य कार्यसमिति पदाधिकारी वा सचिवालयमा यथाशिघ्र जानकारी गराउने,

–       डिजिटल बैंकिङ प्रडक्टहरुबाट बैंकिङ कारोवार गर्न ग्राहकहरुलाई उत्प्रेरित गर्ने र उपलब्ध र संभव भए सम्मका संचार माध्यमबाट सो सम्बन्धी जानकारी ग्राहकलाई गराउने ।

–       डिजिटल बैंकिङ प्रडक्टहरुबाट गरिने बैंकिङ कारोबारका प्रकृयाहरू र अपनाउनु पर्ने सावधानीका बारेमा पनि ग्राहकहरुलाई उपलब्ध र संभव भए सम्मका संचार माध्यमबाट जानकारी गराउने,

–       डिजिटल बैंकिङ प्रडक्टहरुबाट बैंकिङ कारोवार  गर्दा जोखिम पनि घढ्ने भएकाले जोखिम न्यूनिकरणका उपायहरु अवलम्बन गर्ने । जोखिम न्यूनिकरण गर्नका लागि सदस्य बैङ्कहरूले लागू गरेका उत्तम अभ्यासहरू उपलब्ध गराउन मिल्नेसम्मको सीमा भित्र रही जानकारी गराइ एक अर्कालाई सहयोग गर्ने,

–       अन्य कुराहरूको हकमा नेपाल राष्ट्र बैङ्कको निर्देशन तथा स्थानीय प्रशासन वा नेपाल सरकारको निर्णय र सम्बन्धित सदस्य बैङ्कको नीति नियमको परिधि भित्र रहेर कार्य गर्ने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्