कोरोनालाई को सर्वसाधारण को अर्बपति , सबै बराबरी

Machchapuchchre

अर्थ राजनीति  ~  भनिन्छ, महामारीले धनी–गरीब भन्दैन । ‘भीआइपी’ र सर्वसाधारण पनि चिन्दैन । अहिले दोस्रो चरणमा देखापरेको कोरोनाको नयाँ भेरियन्टले बहालवाला मन्त्रीदेखि पूर्वराजासम्मलाई छाडेको छैन । पहिलो लहरको कोरानामा भन्दा दोस्रो लहरमा ‘पब्लिक फिगर’ बढी आक्रान्त देखिएका छन् । पूर्वराजा ज्ञानेन्द्र अघिल्लोपटक कोरोनालाई छल्न सफल भएका थिए । यसपटक भने भारतको कुम्भमेलामा भाग लिएर आएपछि पूर्वराजपरिवार आक्रान्त बनेको छ । नेपालमा कोरोना सङ्क्रमितको ग्राफ दिन–प्रतिदिन उकालोलाग्दो छ । पहिलो लहरको कोरोनाको तुलनामा अहिलेको दोस्रो लहर अझ जोखिमपूर्ण मानिन्छ । तीव्र गतिमा फैलिने कोभिड–१९ को नयाँ भेरियन्टको अहिलेसम्म धेरैै व्यक्तिहरु भइसकेका छन्, अझै सङ्क्रमितको सङ्ख्या बढ्दो छ । सङ्क्रमितको उपचारका लागि अस्पतालमा बेड नभएर हाहाकार मच्चिएको छ । काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको नजरले ‘डेञ्जर जोन’ बनेको छ । सरकारले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि लकडाउन त गरेको छ तर, सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । हुन त कयौं सर्वसाधारणको दिनहुँ मृत्यु भइरहेको छ । बिरामीले उपचारका लागि बेड पाएका छैनन् । यस्तो अवस्थामा के भीआइपी, के आम नागरिक सबैको व्यथा एउटै हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्