नेकपा स्थायी समिति बैठक असार २६ गते बस्ने गरि पुन स्थगित: आज अपरान्ह दुई अध्यक्षबीच वार्ता हुने

अर्थ राजनिती ~ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी गतिरोध अन्त्यको प्रयास स्वरुप दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज अपरान्ह ४ बजे वार्ता हुँदैछ । अध्यक्षका सचिवालयले दिएको जानकारी अनुसार आज बुधबार बस्ने स्थायी कमिटी बैठक स्थगित भएपछि पार्टीको विवाद सल्टाउने प्रयासमा दुई अध्यक्षबीच अपरान्ह ४ बजे बालुवाटारमा बैठक बस्न […]

शैलेश थापा क्षेत्री प्रहरीका नयाँ आइजिपी नियुक्त

अर्थ राजनीति~ नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शैलेश थापा क्षेत्रीलाई २८ औं आइजिपीमा नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। उनले अब २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्ने छन्। शैलेश थापा क्षेत्रीले २०४९ साल वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए। उनले […]

नेकपा स्थायी कमिटीको आजको बैठक २४ गतेका लागि सारियो, बालुवाटारमा नेकपाका दुई अध्यक्षबीच वार्ता

अर्थ राजनीति ~ नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) स्थायी कमिटीको आज ११ बजे बस्ने भनिएको बैठक असार २४ गते ११ बजेका लागि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यसकाे जानकारी दिनुभएकाे हाे । दुई अध्यक्षबीच हाल उत्पन्न गतिरोधलाई कम गर्न पहल भइरहेका बेला आजको बैठक सारिएको हुनसक्ने बताइएको छ । सहमतिको […]

राष्ट्रपतिद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण

अर्थ राजनीति ~  राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७“ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७“ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) […]

रास्ट्र बैंकको स्वायत्तता खोसिनु गलत: पुर्व गभर्नर श्रेष्ठ (भिडियो अन्तरबार्ता )

अर्थ राजनीति ~ पुर्व गभर्नर तथा बरिस्ठ अर्थबिद्द श्री सत्येन्द्र प्यारा श्रेष्ठले अबका दिन  नेपालि बैंकिंग क्षेत्र चुनौती पूर्ण रहेको बताउनु भएको छ । कोरोना महामारीका कारण अर्थतन्त्रमा संकट आउने र बैंकिंग क्षेत्रमा यसको गहिरो असर पर्ने आंकलन गर्नु भएको छ ׀ साथै नेपाल रास्ट्र बैंकले जारि गरेको २% ब्याज छुटको व्यबस्था  ठुलो कुरा भएको […]

थप १६६ जनामा कोरोना पुष्टि, कुल संख्या १५६७ पुग्यो

अर्थ राजनीति ~ पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमित संख्या १५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । क्वारेन्टाइनमा एकलाख १९ हजार १९२ रहेका छन् । आइसोलेसनमा एकहजार ३४९ रहेका छन् । डिस्चार्ज हुनेमा आज एकजनासहित कुल […]

पाकिस्तानमा विमान दुर्घटना: एकसय सात जनाको मृत्यु

अर्थ राजनीति ~ पाकिस्तानको लाहोरबाट कराँचीतर्फ उडेको विमान कराँचीमा दुर्घटना हुँदा सबैकाे मृत्यु भएको छ । यात्रुवाहक हवाइजहाज दुर्घटना हुँदा कम्तिमा ९९ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पाकिस्तानको कराचीबाट उडान भरेको पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवाको एयरबस ए ३२० प्राबिधिक त्रुटीको कारणले दुर्घटनाग्रस्त भएको हो । पाकिस्तानका वायुसेवा निगमका प्रवक्ता अब्दुल्लाह खानले सीएनएनसँगको कुराकानीमा […]

पहिलो मृतक महिलाको नवजात शिशुमा कोरोना नभएको पुस्टि: अस्पतालबाट घर पठाइयो

अर्थ राजनीति ~ कोरोना भाइसबाट मृत्यु भएकी सुत्केरीको नवजात शिशुको दोस्रो पटकको पीसीआर रिपोर्ट पनि नेगेटिभ आएको छ । धुलिखेल अस्पतालले सुत्केरी आमाको कोरोना भाइरसका कारण हप्ताअघि मृत्यु भएपछि शिशुको दुई पटक पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जनाएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ राम्चेकी २९ वर्षीया सुत्केरीको कारोना भाइरसका कारण यही जेठ १ गते […]

थपिए २० जना संक्रमित, संक्रमित संख्या ५०७

अर्थ राजनीति ~  नेपालमा थप २० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ५०७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना, डडेलधुराका १ जना, बैतडीका १ जना, भेरी अस्पतालका बाँकेका १४ जना, र  कोशी अस्पतालका मोरङका १ जना पुरुष रहेका छन्। संक्रमितहरु कैलालीका ३ पुरुष […]

संविधान संशोधनको विधेयक संसद सचिवालयमा दर्ता

अर्थ राजनीति ~ मन्त्रिपरिषद्को निर्णय अनुसार निशान छापभित्र अंकित नक्सा परिवर्तनका लागि संविधान संशोधनको विधेयक संसद सचिवालयमा दर्ता भएको छ। उक्त प्रस्ताव दर्ता भएको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए। शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सा कार्यान्वयनका गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तनका लागि संविधान संशोधनको प्रस्ताव संसदमा […]