पहिलो मृतक महिलाको नवजात शिशुमा कोरोना नभएको पुस्टि: अस्पतालबाट घर पठाइयो

Machchapuchchre

अर्थ राजनीति ~ कोरोना भाइसबाट मृत्यु भएकी सुत्केरीको नवजात शिशुको दोस्रो पटकको पीसीआर रिपोर्ट पनि नेगेटिभ आएको छ ।

धुलिखेल अस्पतालले सुत्केरी आमाको कोरोना भाइरसका कारण हप्ताअघि मृत्यु भएपछि शिशुको दुई पटक पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जनाएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ राम्चेकी २९ वर्षीया सुत्केरीको कारोना भाइरसका कारण यही जेठ १ गते राति उपचारार्थ धुलिखेल अस्पतालमा पुर्‍याइएको केही समयपछि नै मृत्यु भएको थियो ।

उनको १४ दिनको शिशुको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रशासकीय निर्देशक डाक्टर रमेश माकजुले जानकारी दिनुभयो । उहाँका अनुसार आजै शिशुसहित आफन्तलाई अस्पतालबाट घर पठाइएको (डिस्चार्ज गरिएकाे) छ ।

महिलाको शिशु, श्रीमान् तथा आमा र बहिनीलाई समेत आइसोलेसन कक्षमा राखी उपचार भइरहेको निर्देशक डा. माकजुले बताउनुभयो । उहाँका अनुसार शिशुलाई सुरुका दिनमा हल्का जण्डिस देखिएको र शरीरमा आएका स–साना बिमिरा दैनिक रूपमा बालरोग विशेषज्ञको निगरानीले आजसम्ममा निको भएकाले डिस्चार्ज गरिएको हो ।

शिशुको दुई पटक र मृतक महिलाको आफन्तको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालले डिस्चार्ज भएका शिशुसहितका आफन्तलाई सम्बन्धित जिल्लामा एक हप्ताको क्वरेण्टीनमा राख्न र क्वरेण्टीनबाट डिस्चार्ज गर्नुअघि आरडीटी गर्न सुझाव दिएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्