थपिए २० जना संक्रमित, संक्रमित संख्या ५०७

Machchapuchchre

अर्थ राजनीति ~  नेपालमा थप २० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ५०७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना, डडेलधुराका १ जना, बैतडीका १ जना, भेरी अस्पतालका बाँकेका १४ जना, र  कोशी अस्पतालका मोरङका १ जना पुरुष रहेका छन्।

संक्रमितहरु कैलालीका ३ पुरुष ( १९,२३ र २६) वर्षका, डडेलधुराका २८ वर्षीय एक पुरुष, बैतडीका २२ वर्षीय एक पुरुष, बाँकेका १४ जना पुरुषहरु (१८ देखि ६१ वर्ष) र मोरङका ४१ वर्षका पुरुष रहेका छन्।

यीमध्ये ७० जना कोरोना संक्रमण निको भएर घर फर्किसकेका छन् भने हालसम्म कोरोना भाइरसका कारण तीन जनाको निधन भएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्