नेकपा स्थायी समिति बैठक असार २६ गते बस्ने गरि पुन स्थगित: आज अपरान्ह दुई अध्यक्षबीच वार्ता हुने

Machchapuchchre

अर्थ राजनिती ~ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी गतिरोध अन्त्यको प्रयास स्वरुप दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज अपरान्ह ४ बजे वार्ता हुँदैछ । अध्यक्षका सचिवालयले दिएको जानकारी अनुसार आज बुधबार बस्ने स्थायी कमिटी बैठक स्थगित भएपछि पार्टीको विवाद सल्टाउने प्रयासमा दुई अध्यक्षबीच अपरान्ह ४ बजे बालुवाटारमा बैठक बस्न लागेको हो ।

पटक पटक स्थायी कमिटी बैठक सरेपछि सहमतिको दबाब अध्यक्षद्वयमा परेको छ । ‘अध्यक्षद्वयबीच सहमति बने मात्र निकास निस्कने’ भन्दै स्थायी कमिटीका नेताहरूले बैठक स्थगनबारे खासै टिप्पणी गर्नुभएको छैन । दैनिकजसो भइरहेको वार्ताले सहमतिको वातावरण बन्दैगएको विश्वास नेताहरूको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग स्थायी कमिटी बैठकमा उठेपछि दुई अध्यक्षबीचको मनमुटाव सतहमा आएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्