नेपाल भारत सीमा बिबाद; समाधानका उपाय के ?

अर्थ राजनीति ~ नेपाल–भारत सम्बन्धमा कालापानी क्षेत्रको विवाद यस्तो गाँठो हो, जसलाई नफुकाई भविष्यमा द्विपक्षीय सम्बन्ध सौहार्द बन्न सक्दैन ।  यो सीमा विवाद त्यतिवेला मात्र साम्य हुन्छ, जतिवेला दुवै देशका सरकार उपलब्ध तथ्य र प्रमाणमा आधारित भएर खुला छलफलका लागि वार्तामा बस्न राजी हुन्छन् । यस्तो छलफलका लागि नेपालले पहलकदमी लिनुपर्ने उपयुक्त वेला आएको छ […]

दु:खद खबर; कोरोनका कारण नेपालमा दोस्रो व्यक्तिको मृत्यु

अर्थ राजनीति – नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप अर्को मृत्यु भएको छ। बाँकेको क्वारेन्टाइनमा रहेका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके नरैनापुरका २५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो। यस विषयमा थप विवरण आउन बाँकी रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। यसअघि धुलिखेल अस्पतालमा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ […]

सर्वेन्द्र खनाल, महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध अपहरणको उजुरी दिन पुगे जनता समाजवादीका नेता – प्रहरी द्वारा मुद्दा दर्ता आलटाल

अर्थ राजनीति – आफ्ना सांसदको अपहरण गरिएको भन्दै मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु प्रहरी कार्यालयमा पुगेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका हुन् । उक्त […]

साझा प्रयत्नबाट समाधान गर्न सुझाव दिएको हुँ : उपाध्यक्ष गौतम

अर्थ राजनीति – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीबीचको पछिल्लो कुराकानीमा पार्टीभित्र देखिएका समस्याको समाधान साझा प्रयत्नबाट गर्न सुझाव दिएको जनाउनुभएको छ । उपाध्यक्ष गौतमले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि पनि उत्पन्न अनेक समस्या समाधान गर्न पार्टीका कमिटीलाई बाइपास नगरी प्रत्यक्ष छलफल गरेर तथा अरुका […]

वीरगञ्जमा थप दुई जनामा कोरोना संक्रमित थपिए, संक्रमित को संख्या ५१ पुग्यो

अर्थ राजनीति – वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पाइएको छ । वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ । कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणका क्रममा छपकैयाका महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारीमा संक्रमित […]

अहिले सम्म उपत्यका सुरक्षित

अर्थ राजनीति – सरकार र स्थानीय तहले चालेको प्रभावकारी कदम र उच्च सतर्कताले राजधानी उपत्यका सुरक्षित देखिएको छ  । राजधानीका केही स्थानीय तहमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिए पनि नियन्त्रणमा आइसकेको छ  । उपत्यकाका ललितपुर र भक्तपुरमा भने अहिलेसम्म सङ्क्रमण देखिएको छैन । काठमाडौँ जिल्ला समन्वय समितिले सरकार, मातहतका निकाय, स्थानीय तह लगायतको संयुक्त प्रयासबाट राजधानीमा कोरोना […]

लकडाउन पुन हप्ता दिन बढ्ने संकेत

अर्थ राजनीति – मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले लकडाउन एक हप्ता बढाउने सिफारिस गरेको बुझिएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बिहानको बैठकले लकडाउनको मोडालिटी बारे टुंगो लगाउन कार्यदललाई जिम्मा दिएको थियो । कार्यदलले समितिलाई नेपाल कोरोना संक्रमणको जोखिमबाट मुक्त नभइसकेको र विभिन्न स्थानमा संक्रमण देखिने क्रम जारी रहेकाले लकडाउन एक हप्ता लम्ब्याउन […]

आन्तरिक तथा बाह्य हवाई उडान जेठ २ गतेसम्म रोक

अर्थ राजनीति – शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले आन्तरिक र बाह्य उडानमा लगाइएको रोक जेठ २ गतेसम्म बढाउने निर्णय गरेको हो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले हवाई उडानमा लगाइएको रोक आगामी जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले यसअघि वैशाख १८ गतेसम्म उडान बन्द […]

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

अर्थ राजनीति – आज बसेको मन्त्रिपरिषद बैठकमा संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा यस्तो निर्णय भएको एक मन्त्रीले जानकारी गराए ।