सर्वेन्द्र खनाल, महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध अपहरणको उजुरी दिन पुगे जनता समाजवादीका नेता – प्रहरी द्वारा मुद्दा दर्ता आलटाल

Machchapuchchre

अर्थ राजनीति – आफ्ना सांसदको अपहरण गरिएको भन्दै मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु प्रहरी कार्यालयमा पुगेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका हुन् ।

उक्त पार्टीका सांसद एवं पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादवसँगै जसपाका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोलगायत टेकु पुगेका हुन् ।

यसै बीच डा. बाबुराम भट्टराईले सामाजिक संजाल मार्फत मुदा दर्ता इन्कार गरिएको जनाएका छन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्