सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्ध अपहरणको जाहेरी लिन प्रहरीले मानेन (भिडियो)

Machchapuchchre

अर्थ राजनीति –  जसपाका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेताहरुसहित पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादव जाहेरी दर्ता गर्न टेकु पुगेका थिए तर  परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जाहेरी दर्ता गर्न अस्वीकार गरेका छन् ।

खनाल, श्रेष्ठ र बस्नेतले तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयासमा १० वैशाखमा महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएका थिए । समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरे ।

भोलिपल्ट विहानै सांसद यादव मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरुको सम्पर्कमा पुगे । र, आफूलाई अपहरणकै शैलीमा काठमाडौं ल्याइएको बयान दिएका छन् ।

खनाल, श्रेष्ठ र बस्नेतले भने उनकै सहमतिमा काठमाडौं ल्याइएको बताउँदै आएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्