दु:खद खबर; कोरोनका कारण नेपालमा दोस्रो व्यक्तिको मृत्यु

Machchapuchchre

अर्थ राजनीति – नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप अर्को मृत्यु भएको छ। बाँकेको क्वारेन्टाइनमा रहेका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके नरैनापुरका २५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो। यस विषयमा थप विवरण आउन बाँकी रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

यसअघि धुलिखेल अस्पतालमा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय सुत्केरीको मृत्यु भएको थियो। उनको पशुपति आर्यघाटमा विधुतिय शवदाह गृहमा दाहसंस्कार गरिएको छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्