आन्तरिक तथा बाह्य हवाई उडान जेठ २ गतेसम्म रोक

Machchapuchchre

अर्थ राजनीति – शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले आन्तरिक र बाह्य उडानमा लगाइएको रोक जेठ २ गतेसम्म बढाउने निर्णय गरेको हो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले हवाई उडानमा लगाइएको रोक आगामी जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले यसअघि वैशाख १८ गतेसम्म उडान बन्द गर्ने निर्णय भएकोमा त्यसलाई १५ दिन बढाइएको जानकारी दिए ।

बैठकमा लकडाउन प्रभावकारी भएको निष्कर्ष निकालिएको र वैशाख १५ गतेपछि के गर्ने भन्ने विषयमा निर्णय गर्ने जिम्मा मन्त्रिपरिषद्लाई दिइएको उनले बताए ।

आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनबारे निर्णय गर्ने जनाइएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्