उपनिर्वाचन स्वतन्त्र र शान्तिपूर्ण तर थुप्रै व्यवस्थापकीय कमजोरी – नियोक
काठमाडौं । राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति (नियोकले) विभिन्न ५२ पदका लागि मंसिर १४ गते भएको उपनिर्वाचन सामान्य घटनाहरुबाहेक स्वतन्त्र र शान्तिपूर्ण भएको निष्कर्ष निकालेको छ । उपनिर्वाचन २०७६ को अन्तरिम प्रतिवेदन सार्वजनिक गर्न बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नियोकले मतदान अवधि, मतदाताको सहभागिता, सुरक्षा सहभागिता र व्यवस्थापनको दृष्टिकोणबाट निर्वाचन स्वतन्त्र र शान्तिपूर्ण भएको जनाएको हो । […]
