ओली अस्पतलामा रहेको बेला प्रचण्डले बोलाए नेकपा हेडक्वार्टर बैठक

Machchapuchchre

काठमाडौं । ‘कार्यकारी’ अध्यक्ष जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बोलाएका छन् । अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि अस्पतालमा रहेका बेला प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् ।

मंसिर ४ गते बसेको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको अधिकार दिने निर्णय गरेको थियो । कार्यकारी अध्यक्षको ‘अधिकार’को पाएको करिब २ सातापछि प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् ।

प्रचण्डको आह्वान बुधबार बिहान साढे ९ बजे नेकपा मुख्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्ने जनाइएको छ । सचिवालय बैठकमा उपचुनावको समीक्षासहित, प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्