कस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य ? तत्काल डिस्चार्ज हुने सम्भावना न्यून

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यो साता पनि अस्पतालमै रहने भएका छन् । एपेन्डिक्सको शल्यक्रिया पश्चात मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आईसीयुमा उपचारत प्रधानमन्त्री ओलीको अस्पताल बसाइ लम्बिने भएको हो ।

यसअघि शुक्रबार पत्रकार सम्मेलन गर्दै चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई एक सातामा डिस्चार्ज गरिने बताएका थिए । तर, यो साता प्रधानमन्त्री ओली अस्पतालमै रहने स्रोतले बतायो । प्रधानमन्त्री ओली मनमोहन सेन्टरको आईसीयूमा भर्ना भएको मंगलबार एक साता पुगेको छ ।

मिर्गौलाका समेत बिरामी रहेका प्रधानमन्त्री ओलीको एपेन्डिक्सको शल्यक्रिया पछि बोल्न र सहयोगीको साहारामा हिड्न सक्ने भएका छन् । तर, उनको स्वास्थ्य अवस्था भने जोखिमपूर्ण नै रहेको उपचारमा संलग्न एक चिकित्कले जानकारी दिए । १२ वर्ष अगाडी मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौला पुन: विग्रिएकाले गत कात्तिकदेखि नियमित रुपमा डायलाइसिस समेत भइरहेको छ ।

प्रधानमन्त्रीको मिर्गौलाले काम नगरेपछि मनमोहन सेन्टरमा भर्ना भएयता नै आइसियुमै ४ पटक डायलाइसिस गरिएको छ । प्रधानमन्त्री ओलीको यसअघि नै मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति भएकाले एपेन्डिक्सको शल्यक्रियापछि संक्रमण हुने खतरा झनै बढेको चिकित्सकको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्