आन्दोलनरत उखु किसानले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं । सरकार र आन्दोलनरत उखु किसानबीचको वार्ता सुरु भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहितको सरकारी टोली र उखु किसानबीच शुक्रबार अपरान्ह वार्ता सुरु भएको हो । उखु उद्योगीले गत वर्षदेखि भुक्तानी नदिएको भन्दै किसानले काठमाडौं केन्द्रित आन्दोलन गर्न थालेको एक हप्तापछि सरकारले उनीहरुसँग वार्ता गरेको हो । सरकार र आन्दोलनरत उखु किसानबीच […]

ओली-प्रचण्डले लगाए राष्ट्रियसभा सदस्यको भागवण्डा, एमालेले ९ पाउँदा माओवादीलाई ७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १६ जना उम्मेदवार तोकेको छ । ५९ सदस्यीय राष्ट्रियसभाको १ तिहाइ (१९ जना) सदस्यका लागि माघ ९ गते निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभा निर्वाचनका क्रममा अपनाइने एकल संक्रमणीय मतप्रणालीअनुसार सत्तारुढ नेकपाले १४ जना सदस्य जित्ने संभावना थियो […]

सुदूरपश्चिमका ६ जिल्लामा भारी हिमताल, जनजीवन कष्टकर

बाजुरा । मौसममा आएको परिवर्तनसँगै सुदूरपश्चिमका अधिकांश उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले जनजीवन प्रभावित बनेको छ । वर्षासँगै सुदूरपश्चिमका बाजुरासहित अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुला जिल्लामा बिहीबार हिमपात भएको हो । हिमपातसँगै जिल्लामा चिसो बढेको छ । बाजुराका गौमुल, हिमाली, स्वामीकार्तिक खप्तड छेडेदह गाउँपालिका र बडीमालिका नगरपालिकालगायतका क्षेत्रमा हिमपात भएको […]

नेकपा सचिवाल बैठक बस्दै, सभामुखको उम्मेदवार टुंगो लगाउने तयारी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शुक्रबार) बस्दैछ । बिहीबार बसेको सचिवालय बैठकमा राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार छनोटका विषयमा छलफल हुने भए पनि कुनै निर्णय हुन नसक्दा बैठक आज बिहान साढे ८ बजे बस्ने गरी स्थगित भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सभामुखको उम्मेदवार तोक्ने एजेण्डा रहे पनि त्यस […]

मन्त्रिपरिषद बैठकका १४ निर्णय सार्वजनिक, हेर्नुहोस् बिस्तृतमा

काठमाडौँ । सरकारले यही पुस १४ गते बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गरेको छ । जसमा इजिप्टका ४ जना नागरिकलाई देश निष्कासन गर्नेदेखि दोस्रो चरणको चक्रपथ विस्तार परियोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि स्वीकृति प्रदान गर्ने लगायत छन् । यही पुस १४ गतेको मन्त्रिपरिषद् बैठकले चीन सरकारको सहयोगमा सञ्चालन हुने सो परियोजनाका लागि कलङ्की–महाराजगन्ज–धोवीखोला खण्डको […]

उखु किसानको पैसा तिर्न कनोडियालाई नेपाली कांग्रेसको निर्देशन

काठमाडौँ । कांग्रेसले आफ्नो दलका नेता वीरेन्द्र कनोडियालाई उखु किसानहरुलाई रकम भुक्तान गर्न निर्देशन दिएको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले उनलाई तुरुन्त पैसा तिर्न भनेको हो । महालक्ष्मी सुगर्सका सञ्चालक कनोडिया कांग्रेसको प्रदेश नम्बर ५ का संसदीय दलका उपनेता हुन्। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समिति बैठकले उखु किसानको अन्य बाँकी भुक्तानी […]

कर्णाली नदीमा जिप खस्यो – चारजनाको मृत्यु, चार घाइते, १ वेपत्ता

बाजुरा । हिमाली गाउँपालिका ७ बाधुको कालडाँडा भीरबाट कर्णाली नदीमा जिप खस्दा ४ जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख उद्धबसिंह भाटका अनुसार से १ ज १०६४ नम्बरको जिप कर्णाली नदीमा खसेर दुर्घटना भएको हो। ४ जनामध्ये गाडी चालक तथा गाडी मालिक जगन्नाथ गाँउपालिका गोत्री घर भएका रमेश शाहीको पहिचान भएको प्रहरीले जनाएको […]

आफ्नो बचाउ गर्दै खाद्यले भन्यो – ठूलो गोदाममा केही परिमाण बिग्रनु सामान्य

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी (साविकको नेपाल खाद्य संस्थान) ले ठूलो परिमाणमा कारोबार हुने कम्पनीमा केही खाद्यवस्तु बिग्रनु सामान्य घटना भएको भन्दै आफ्नो बचाउ गरेको छ । साथै उसले उपभोक्ताको स्वास्थ्यको ख्याल गर्दै गुणस्तरहीन खाद्यवस्तु नबेचेको प्रस्टीकरण पनि दिएको छ । गत आइतबार संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले उपभोक्ता अधिकारकर्मीसहित […]

‘भ्रमण वर्ष २०२०’ महाअभियानमा एकजुट भएर लागौं -राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल भ्रमण वर्ष २०२०’ को औपचारिक उद्घाटन गरेकी छन् । काठमाडौंको टुडिखेलमा विशेष कार्यक्रमकाबीच राष्ट्रपति भण्डारीले पर्यटन वर्षको औपचारिक उद्घाटन गरेकी हुन् । कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भ्रमण वर्ष महाअभियानका रुपमा अघि बढ्ने विश्वास व्यक्त गरिन् । उनले हाम्रा अमूल्य स्रोत र प्रचुर सम्भावहरु रहेको हुँदा यसको समुचित सदुपयोग […]

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता, के-के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई बुधबार बिहान टेलिफोन गर्दै नेपाल भ्रमणको निम्तो दिएका हुन् । ओलीले एक टि्वट गर्दै अंग्रेजी नयाँ वर्षको अवसरमा मोदीलाई शुभकामनासँगै नेपाल भ्रमणको निम्तो दिएको उल्लेख गरेका छन् । ‘मैले भारतीय प्रम मोदीलाई नेपाल […]