आन्दोलनरत उखु किसानले सरकारसँग राखे १२ बुँदे माग

Machchapuchchre

काठमाडौं । सरकार र आन्दोलनरत उखु किसानबीचको वार्ता सुरु भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहितको सरकारी टोली र उखु किसानबीच शुक्रबार अपरान्ह वार्ता सुरु भएको हो ।

उखु उद्योगीले गत वर्षदेखि भुक्तानी नदिएको भन्दै किसानले काठमाडौं केन्द्रित आन्दोलन गर्न थालेको एक हप्तापछि सरकारले उनीहरुसँग वार्ता गरेको हो । सरकार र आन्दोलनरत उखु किसानबीच वार्ता चलिरहँदा उखु किसान संघर्ष समितिले सरकारसँग १२ बुँदे माग अघि सारेको छ ।

२०७० सालदेखि ०७६ सालसम्मको वक्यौता रकम मिलले भुक्तानी गर्नु पर्ने, सरकारले उपलब्ध गराउने अनुदान बापतको रकम विना सर्त तत्काल किसानको खातामा जम्मा गर्नु पर्ने, सरकारले तोकेको उखुको मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा किसानले पाउनु पर्ने लगायतका १२ बुँदे माग समितिले अघि सारेको हो । उखु किसान संघर्ष समितिले सरकारसँग राखेको मागको पूर्ण पाठ :

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्