नेकपा सचिवाल बैठक बस्दै, सभामुखको उम्मेदवार टुंगो लगाउने तयारी

Machchapuchchre

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शुक्रबार) बस्दैछ । बिहीबार बसेको सचिवालय बैठकमा राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार छनोटका विषयमा छलफल हुने भए पनि कुनै निर्णय हुन नसक्दा बैठक आज बिहान साढे ८ बजे बस्ने गरी स्थगित भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सभामुखको उम्मेदवार तोक्ने एजेण्डा रहे पनि त्यस विषयमा बिहीबार छलफल हुन सकेको थिएन् । राष्ट्रिय सभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी (राजपा)लाई दिने सहमति भएकाले नेकपाले १६ सिटका लागि उम्मेदवार टुङ्ग्याउनु पर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्