फरक मत नराखी एमसीसी सहयोग लिनुपर्छ -उपेन्द्र यादव

Machchapuchchre

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले फरक मत नराखी अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)को अनुदान सहयोग लिनु पर्ने बताएका छन् । एक संचारमाध्यमसँग कुरा गर्दै गर्दै उनले नेपालको विकासका लागि आउन लागेको अनुदान सहयोगमा राजनीतिक दल विभाजित हुन नहुने बताए ।

उनले भने, ‘यो अनुदान सहयोग हो । विकाससँग जोडिएको र नेपालको हीतका लागि आउने सहयोग भएकाले यसमा विभाजन किन ?’ अध्यक्ष यादवले एमसीसी जसरी पनि संसदबाट अनुमोदन गरेर कार्यान्वयन गर्नुपर्ने बताए । ‘सरकार यो वा त्यो भन्ने हाम्रो आन्तरिक विषय हो । तर बाह्‍य देशसँगको सम्वन्ध र विकासको सवालमा ख्याल ठट्टा गर्नु हुदैन । यस्ता विषयमा सबैको एक मत चाहिन्छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्