आफ्नो बचाउ गर्दै खाद्यले भन्यो – ठूलो गोदाममा केही परिमाण बिग्रनु सामान्य

RBB

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी (साविकको नेपाल खाद्य संस्थान) ले ठूलो परिमाणमा कारोबार हुने कम्पनीमा केही खाद्यवस्तु बिग्रनु सामान्य घटना भएको भन्दै आफ्नो बचाउ गरेको छ । साथै उसले उपभोक्ताको स्वास्थ्यको ख्याल गर्दै गुणस्तरहीन खाद्यवस्तु नबेचेको प्रस्टीकरण पनि दिएको छ ।

गत आइतबार संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले उपभोक्ता अधिकारकर्मीसहित थापाथलीस्थित गोदाममा गरेको अनुगमनका क्रममा ४ सय ८७ क्विन्टल कुहिएको बास्मती चामल भेटिएको थियो । त्यस्तै, उपभोग्य मितिसमेत नभएको ४ वर्ष पुरानो चामल तथा सिमीलगायतका खाद्यवस्तु पनि फेला पारेका थिए ।

अनुगमनपछि समितिले गोदाममा खाद्यवस्तु थुपारेर बिगारेको तथा उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको भन्दै संलग्नमाथि कारबाही गर्न सिफारिस गरेको थियो । तर खाद्यले संसदीय समितिले निकालेको निष्कर्षको खण्डन गर्दै आफ्नो बचाउ गरेको छ ।

‘ठूलो परिमाणमा खाद्यान्न कारोबार गर्ने कम्पनीको मौज्दातमा रहेको केही परिमाण खाद्यान्न विभिन्न कारणले बिग्रने अवस्था सिर्जना भए पनि कम्पनीले त्यसरी गुणस्तर ह्रास भएका र मानव उपभोगको लागि अयोग्य खाद्य वस्तुहहरू उपभोक्तालाई बिक्री–वितरण गर्ने नगरिएको र भविष्यमा पनि नगरिने व्यहोरा जानकारी गराउँछौं’, खाद्यद्वारा जारी सूचनामा लेखिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्