उखु किसानको पैसा तिर्न कनोडियालाई नेपाली कांग्रेसको निर्देशन

Machchapuchchre

काठमाडौँ । कांग्रेसले आफ्नो दलका नेता वीरेन्द्र कनोडियालाई उखु किसानहरुलाई रकम भुक्तान गर्न निर्देशन दिएको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले उनलाई तुरुन्त पैसा तिर्न भनेको हो ।

महालक्ष्मी सुगर्सका सञ्चालक कनोडिया कांग्रेसको प्रदेश नम्बर ५ का संसदीय दलका उपनेता हुन्। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समिति बैठकले उखु किसानको अन्य बाँकी भुक्तानी पनि तत्काल उपलब्ध गराउने पहल गर्नसमेत कनोडियालाई निर्देशन दिएको छ।
अन्नपूर्ण तथा महालक्ष्मी लगायतका चिनी मिलले उखुको पैसा नदिएको भन्दै उखु किसानहरुले काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्