उखु किसानको समस्या समाधान माघ पहिलो साता हुन्छ – मन्त्री भट्ट

Machchapuchchre

काठमान्डाै। उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले आगामी माघको पहिलो साताभित्र चिनी मिल र उखु किसानको समस्या समाधान हुने बताएका छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा समय लिएर बोलेका मन्त्री भट्टले चिनी मिललाई किसानको बक्यौता चुक्ता गर्न निर्देशन दिइसकेको पनि जानकारी दिए ।

‘उखु किसान आन्दोलनमा छन्, चिनी मिलमा समस्या देखिएको छ, किसानले उखुको उचित मूल्य नपाएको कुरा छ,’ मन्त्री भट्टले भने, ‘चिनी मिल र उखु किसानका समस्या सम्बोधन गर्न कार्यदल गठन गरिसकिएको छ । कार्यदलले १५भित्र सरकारलाई प्रतिवेदन बुझाउँछ ।’उनले चिनी उद्योगी र उखु किसानका प्रतिनिधि बीचमा छलफल गरिएको र चिनी उद्योगले किसानलाई दिनुपर्ने भुक्तानी तत्काल गर्न निर्देशन दिइएको बताए ।उखु किसानका ११ बुँदे मागमा सरकार गम्भीर रहेको र समग्रमा उखु खरीद र बिक्रीलाई सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री भट्टको भनाइ थियो ।

मन्त्री भट्टले लुम्बिनी र वीरगञ्ज चिनी कारखानालाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको पनि जानकारी दिए । विदेशबाट चिनी आयात गर्दा ४० प्रतिशत भन्सार बढाएको र चिनी ल्याउने प्रतिबन्ध लगाइएको मन्त्री भट्टको भनाइ थियो ।बैठकमा सांसदहरु रमेशप्रसाद यादव, बलराम बाँस्कोटा, प्रकाश पन्थ, रामपृत पासवास, डा बिमला राई पौडेलले वर्षैपिच्छे उखु किसान र चिनी मिलको समस्या दोहोरिने हुँदा दीर्घकालीन समाधान खोज्नु सुझाव दिएका थिए

यता चिनी उद्योगले एक साताभित्र भुक्तानी सुरु नगरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नेलगायतका आन्दोलनका कार्यक्रम उखु उत्पादक कृषक समितिले सार्वजनिक गरेको हो।भुक्तानीको विषयलाई लिएर सधैँ आन्दोलन गर्न बाध्य किसानलाई एक साताभित्र मिलबाट भुक्तानी गर्ने कार्य सुरु नभए राजमार्ग अवरुद्ध गरिने समितिका अध्यक्ष उमेशचन्द्र यादव बताउँछन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्