कोरोना प्रकोप : चीनमा एकैदिन ६५ जनाको मृत्यु, २४ हजार बढी संक्रमित

बेइजिङ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले कोरोना भाइरसका कारण चीनमा मंगलबार मात्रै ६५ जनाको मृत्यु भएको जनाएको छ । बुधबार बिहानसम्मको तथ्यांकअनुसार चीनमा मात्रै कोरोना भाइरसका कारण ४९० जनाको मृत्यु भइसकेको छ । त्यस्तै हङकङ र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ । मंगलबार मात्रै थप ३ हजार ९ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण […]

प्रहरी प्रधान कार्यालयले गर्‍यो पाँच एसपीको सरुवा, कसले पायो चितवनको जिम्मा ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले पाँच एसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार निकालेका काज सरुवा अनुसार चितवनमा नान्तीराज गुरुङलाई पठाइएको छ । यसअघि विवादका कारण त्यहाँ नगएकी एसपी गंगा पन्तलाई पर्सा जिल्लामा सरुवा गरिएको छ । चितवनका तत्कालीन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लको ठाउँमा पन्तलाई सरुवा गरेको भएपनि विवादका कारण उनलाई त्यहाँको […]

प्रधानमन्त्री ओलीकाे दावी – आगामी निर्वाचनमा नेकपालाई दुई तिहाइ ल्याउन कसैले राेक्न सक्दैन

प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपालाई दुई तिहाइ ल्याउन कसैले नरोक्ने बताएका छन् । पार्टीको भ्रातृसंस्था अखिल नेपाल महिला संघको एकता घोषणा तथा केन्द्रीय समितिको शपथ ग्रहण समारोहमा ओलीले सरकारले विकास निर्माणलाई गति दिएकाले अर्को निर्वाचनमा दुई तिहाइ ल्याउनबाट नेकपालाई कसैले रोक्न नसक्ने बताए।सरकारले केही गरेन भनेर फैलाउन खोजिएको […]

एमसीसीविरुद्ध अनावश्यक, अतिरञ्जित र प्रायोजित प्रचार भइरहेको छ – परराष्ट्रमन्त्री ज्ञवाली

गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसीसीविरुद्ध बाहिर आएका कुरा अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताएका छन् । उनले सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान गरेको छ भन्दै बजारमा अनावश्यक विषयमा बहस गरेर मित्र राष्टसँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने बताए । मंगलबारदेखि गुल्मीमा शुरु हुने स्वास्थ्य बीमा घोषणा कार्यक्रमका सन्दर्भमा […]

मालवीको संवैधानिक अदालतद्वारा राष्ट्रपति चुनावको नतिजा रद्द

काठमाडौं । अफ्रिकी देश मालवीको संवैधानिक अदालतले गएको वर्ष भएको विवादास्पद चुनावलाई रद्द गरेको छ । गएको वर्ष भएको चुनावमा राष्ट्रपति पिटर मुथारिका कम मतान्तरले विजयी भएका थिए । गएको मे २१ मा भएको चुनावमा बृहतस्तरमा अनियमितता भएको पाइएको न्यायाधीशले बताएका छन्। मालवी सन् १९६४ मा स्वतन्त्र भएयता कानूनी रुपमा चुनाव रद्द भएको यो पहिलो […]

सरकारको निर्णय – गृहसचिवमा महेश्वर न्यौपाने

काठमाडौं । सरकारले महेश्वर न्यौपानेलाई गृह मन्त्रालयको सचिव बनाएको छ । यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव थिए । सोमबार बसेको मन्त्रिपरिषद बैठकले न्यौपानेलाई गृहसचिव बनाउने निर्णय गरेको हो । निवर्तमान गृहसचिव प्रेम राईले अवकाश लिएसँगै न्यौपाने गृहमन्त्रालयमा सरुवा भएका हुन् । अख्तियारको सचिवमा भने प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाई सरुवा गरिएको छ […]

स्थानीयको माग सम्बोधन गरी उत्तरगङ्गा आयोजना निर्माण हुन्छ : ऊर्जामन्त्री

ढोरपाटन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले स्थानीय जनताको माग सम्बोधन गरी उत्तरगङ्गा जलाशययुक्त आयोजना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । बागलुङको ढोरपाटनमा रहेको आयोजनास्थलको आज निरीक्षणपछि स्थानीयवासीसँग उनले आयोजनालाई अगाडि बढाउन स्थानीयवासीको साथ र सहयोग जरुरी रहेको बताए । कूल ८२८ मेगावट क्षमताको जलाशययुक्त आयोजना हाल नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरिरहेको छ । […]

झलनाथको अध्यक्षतामा बस्यो एमसीसी कार्यदलको पहिलो बैठक

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित एमसीसीसम्बन्धी अध्ययन कार्यदलको पहिलो बैठक सोमबार काठमाडौंमा सम्पन्न भएको छ । बैठकमा संयोजक झलनाथ खनाल र सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवाली उपस्थित भएका थिए । एमसएसीबारे अध्ययन गरेर मात्रै यसलाई संसदले पारित गर्नु पर्ने नेकपाको केन्द्रीय समिति बैठकमा मत प्रकट भएपछि झलनाथ खनालको नेतृत्वमा आइतबार तीन सदस्यीय […]

राष्ट्रपति चुनावका लागि अमेरिकामा उम्मेद्वार चयनको प्रकिया सुरु

काठमाडौं । आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि अमेरिकामा उम्मेदवार चयनको प्रकिया सुरु भएको छ । डेमोक्र्याटिक र रिपब्लिकन पार्टीका समर्थकले आफ्नो तर्फबाट उम्मेदवार चयनका लागि आज सोमबारदेखि मतदान प्रकिया सुरु गरेका हुन । रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नै आउँदो चुनावमा पनि उम्मेद्वार बन्ने छन । सामान्यताः अमेरिकामा एक जना राष्ट्रपतिलाई दुई कार्यकाल दिने […]

११ बुँदे प्रस्ताव पारित गर्दै नेकपा केन्द्रीय कमिटी बैठक सम्पन्न (प्रस्तावसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक समापन भएको छ । समसामयिक विषयमा विभिन्न ११ बुँदे प्रस्ताव पारित गर्दै केन्द्रीय कमिटीको दोस्रो बैठक आइतबार समापन भएको हो । बैठकमा महासचिव विष्णु पौडेलले सुनाएका प्रस्ताव सर्वसम्मत पारित भएसँगै अध्यक्ष ओलीले समापन मन्त्वय व्यक्त गरेका थिए । बैठकले भारतले एकतर्फी जारी गरेको नक्सा अश्वीकार गर्ने […]