राष्ट्रपति चुनावका लागि अमेरिकामा उम्मेद्वार चयनको प्रकिया सुरु

Machchapuchchre

काठमाडौं । आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि अमेरिकामा उम्मेदवार चयनको प्रकिया सुरु भएको छ । डेमोक्र्याटिक र रिपब्लिकन पार्टीका समर्थकले आफ्नो तर्फबाट उम्मेदवार चयनका लागि आज सोमबारदेखि मतदान प्रकिया सुरु गरेका हुन ।

रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नै आउँदो चुनावमा पनि उम्मेद्वार बन्ने छन । सामान्यताः अमेरिकामा एक जना राष्ट्रपतिलाई दुई कार्यकाल दिने प्रचलन रहेकाले रिपब्लिकले अर्को उम्मेद्वार तय गर्ने छैनन ।

तर डेमोक्र्याटिक पार्टीमा भने ट्रम्पसँग प्रतिस्पर्धा गर्नका लागि उम्मेदवार बन्ने होडमा अझै पनि ११ जना आकांक्षी रहेका छन् । डेमोक्र्याटिकका तर्फबाट उम्मेद्वार तय गर्न सोमबार आयोवा ककसमा मतदान हुँदैछ ।

केही समयदेखि डेमोक्र्याटिक पार्टीका आकांक्षीले मध्यपश्चिमी राज्य आयोवालाई केन्द्रमा राखेर चुनावी अभियान सञ्चालन गरेका थिए । उम्मेदवार चयनका लागि हुने प्रारम्भिक मतदान आउँदो जुनसम्म जारी रहनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्