२४५८ जना कर्मचारी माग्यो नेपाली सेनाले

Machchapuchchre

अर्थ राजनीति ।  नेपाली सेनाको भर्ना छनोट निर्देशनालय अन्तर्गतको कार्यरथी विभागले सैनिक जवानदेखि उपसेनानीसम्म २ हजार ४५८ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाले देशभर सैन्य पदमा कुल १ हजार ८८० कर्मचारीका लागि भर्ना खुलाएको छ । त्यस्तै प्राविधिकतर्फ उपसेनानीदेखि सिकर्मीसम्म ५७८ जना कर्मचारी माग गरेको छ । सैन्य पदका लागि ८ कक्षा पास हुनुपर्छ भने अन्य पदका लागि सम्बन्धित विषयमा तालिम प्राप्त गरेको हुनुपर्ने जानकारी छ । सैन्य पदतर्फ पुरुषका लागि १८ वर्ष पूरा भई २२ ननाघेको र वहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्नेछ ।

दरखास्त उपत्यका बाहिर सम्बन्धित नजिकका भर्ना केन्द्रहरु तथा काठमाण्डौ उपत्यकाको हकमा नारायणहिटी उत्तरतर्फको गेटको श्री नेपाल क्याभल्रीको खेल मैदानमा दरखास्त फाराम पेस गर्नुपर्नेछ । दरखास्त फागुन ७ गतेसम्म पेस गर्न सकिनेछ । दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म दरखास्त बुझाउन सकिने जानकारी  छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्