प्रहरी प्रधान कार्यालयले गर्‍यो पाँच एसपीको सरुवा, कसले पायो चितवनको जिम्मा ?

Machchapuchchre

काठमाडौं । प्रहरी प्रधान कार्यालयले पाँच एसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार निकालेका काज सरुवा अनुसार चितवनमा नान्तीराज गुरुङलाई पठाइएको छ । यसअघि विवादका कारण त्यहाँ नगएकी एसपी गंगा पन्तलाई पर्सा जिल्लामा सरुवा गरिएको छ ।

चितवनका तत्कालीन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लको ठाउँमा पन्तलाई सरुवा गरेको भएपनि विवादका कारण उनलाई त्यहाँको रमाना दिइएको थिएन । चितवनमा गएका गुरुङ प्रहरी तालिम केन्द्रमा थिए । पर्साका एसपी सोमेन्द्रसिंह राठौरलाई महानगरीय प्रहरी परीसर टेकुमा सरुवा गरिएको छ । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगका एसपी कृष्णप्रसाद पगेंनीलाई बारा सरुवा गरिएको छ ।

यस्तै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी अशोक सिंहलाई प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा सरुवा गरिएको छ । सिंहको रानीपोखरीमा दरबन्दी भए पनि महानगरीय प्रहरी परीसर काठमाडौंमा काजमा कार्यरत थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्