नेकपा नेता माइला लामा रिहा भए लगत्तै पूनः गिरफ्तार, फोटो खिच्न पुगेका पत्रकार पनि समातिए

काठमान्डौ । चर्चीत जनवादी गायक तथा बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका इञ्चार्ज माइला लामा रिहा भए लगत्तै पूनः गिरफ्तार परेका छन् । नेता लामा आइतबार उच्च अदालत पाटनको आदेशमा रिहा भएका थिए। लामासहित नेकपा केन्द्रीय सदस्य नविन विश्वकर्मा, तत्कालिन काठमाडाैं सेक्रेटरी धिरेन्द्रा उपाध्याय र इश्वर पनि रिहा भएका थिए । थुनामा […]

ओली-प्रचण्डको राजनीतिक प्रतिवेदन नेकपाको केन्द्रीय समिति बैठकबाट पारित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा समूहगत छलफल भएपछि हलले सर्वसम्मत रुपमा प्रतिवेदन पारित गरेको हो । बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि विभिन्न १५ समूहमा छलफल भएको थियो । छलफलका क्रममा […]

प्रधानमन्‍त्रीद्वारा नेकपा सांसदका लागि रात्रिभोज आयोजना, अनिवार्य उपस्थ‍ित हुन ‘ह्‍वीप’ जारी

काठमाडौँ । प्रधानमन्‍त्री एव‌ं नेकपा अध्यक्षले सांसदहरुका लागि रात्रिभोज आयोजना गरेका छन् । आइतबार रात्रिभोजका लागि नेकपाले आफ्‍ना सांसदहरुलाई मोबाइलमार्फत सन्देश पठाएको हो । सन्देशमा प्रधानमन्‍त्रीले आयोजना गरेको रात्रिभोजमा अनिवार्य उपस्थ‍ित हुन नेकपाले ‘ह्‍वीप’ जारी गरेको छ। स्रोतका अनुसार अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सत्तारुढ सांसदहरुबीच एकमत बनाउने प्रयासस्वरुप प्रधानमन्त्री ओलीले भोजको आयोजना गरेका […]

कोरोना भाइरसले चीनबाहिर पनि लियो ज्यान, चीनमा मृत्यु हुनेको संख्या तीन सय नाघ्यो

काठमाडाैं । नोवेल कोरोनाभाइरसको संक्रमणबाट चीनबाहिर पनि एक जनाको ज्यान गएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार फिलिपिन्सको मनिलामा कोरोनाभाइरस लागेका एक जना पुरूषको शनिबार मृत्यु भएको हो। ती पुरूष वुहानबाट फिलिपिन्स फर्किएका थिए। फिलिपिन्समा अर्का एक जनालाई पनि यो भाइरस देखिएको छ। भाइरसको संक्रमण रोक्न फिलिपिन्सले चीन, हङकङ र मकाउका नागरिकलाई आफ्नो देशमा भ्रमण गर्न […]

नोवल कोरोना भाइरस : घर फिर्न ३५ विद्यार्थीको मात्रै आवेदन, यसाे भन्छन् परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ । नोवल कोरोना भाइरसको बढ्दो संक्रमणमाझ विद्यार्थीलाई घर फर्काउन बेइजिङस्थित नेपाली दूतावासले पहल थालेको पहिलो दिनमा ३५ जना विद्यार्थीले घर फर्कन आवेदन भरेका छन् । हङकङको बजारमा मास्क लगाएका सर्वसाधारण । नोवल कोरोना भाइरसको संक्रमण फैलिएसँगै यहाँ मास्कका प्रयोगकर्ता बढेका छन् । नेपाल सरकारको निर्देशनमा दूतावासले शनिबार बिहान सूचना प्रकाशित गर्दै चीनको हुबेई प्रान्तअन्तर्गतका विद्यार्थी […]

चीनबाट उद्धार गरिने नेपालीलाई दुई साता निगरानीमा राखिने, तयारी यस्तो छ

काठमाडौं- नेपाल सरकारले चीनमा रहेका नेपालीहरुको उद्धारको तयारी थालेको छ । चीनमा कोरोना भाइरसको संक्रमण महामारीका रुपमा फैलिएपछि त्यहाँ रहेका नेपालीहरुलाई सरकारले उद्धारको तयारी थालेको हो । चीनको वुहान सहितका शहरबाट भारत, बंगलादेश, श्रीलंका लगायतका मुलुकले आफ्ना देशका नागरिक फिर्ता ल्याउन थालेपछि नेपाली नागरिकको उद्धारका लागि सरकार तयारी अवस्थामा रहेको छ । एयर लिफ्टमार्फत आफ्ना […]

चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिन्छौं – चीन

काठमाडौँ । चीनले वुहानमा रहेका नेपाली नागरिकको सुरक्षाको ग्यारेन्टी लिने बताएको छ । शुक्रबार नेपालस्थित चिनियाँ दूतावासले प्रेस विज्ञप्तिमार्फत वुहानसहित चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने बताएको हो । वुहानमा रहेका नेपाली विद्यार्थीसहित सबैको स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिने चीनले बताएको छ । साथै दूतावासले कोरोना भाइरसको प्रकोप रोक्न, नियन्त्रण र व्यवस्थापन गर्न सकिने […]

युरोपियन युनियनबाट बाहिरियो बेलायत, प्रधामन्त्रीले भने- यो परिवर्तनको क्षण हो

काठमाडाैं । संयूक्त अधिराज्य बेलायत ४७ वर्षपछि युरोपियन युनियनबाट औपचारिकरुपमा छुट्टिएको छ। लन्डनको बिगबेनले मध्यरातको १२ बजेको जनाउ दिएसँगै बेलायत जनमत संग्रह गरेको ३ वर्षपछि युरोपियन युनियनबाट अलग भएको हो। स्वागत र विरोधकाबीच बेलायत पुनः नयाँ चरणमा पुगेको छ। बेलायतको नयाँ परिदृश्यमा प्रवेश गर्नु अगाडि एक संदेश जारी गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले देशलाई एकताबद्ध […]

कमल थापाको राजनीतिक प्रतिवेदन– देश संकटग्रस्त, सरकार पुरै असफल (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थालाई पाखा लगाएर शुरु गरिएको गत १४ वर्षको राजनीतिक अभ्यास पछि अहिले देश झन संकटग्रस्त हुँदै गएको निष्कर्ष निकालेको छ । शुक्रबारदेखि काठमाडौँमा सुरु भएको राप्रपाको केन्द्रीय समिति बैठकमा अध्यक्ष कमल थापाले पेश गरेको राजनीतिक कार्यपत्रमा देश झन संकटग्रस्त हुँदै गएको सरकार पुरै असफल हुँदै गएको निश्कर्ष निकालिएको हो । […]

प्रतिनिधि सभा बैठक – १३ जना सांसदको संसदीय समिति हेरफेर

काठमाडौं । प्रतिनिधि सभाको आज (शुक्रबार) बसेको बैठकले केही संसदीय समितिका सदस्यको नाम हेरफेर गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिका सदस्यको नाम हेरफेर गरेका हुन् । गोकर्णराज विष्ट र पदम गिरी संघीय संसद्को अर्थ समिति, शिवमाया तुम्बाहाङ्फे र मायादेवी न्यौपाने उद्योग तथा वाणिज्य र श्रम […]