नेकपा नेता माइला लामा रिहा भए लगत्तै पूनः गिरफ्तार, फोटो खिच्न पुगेका पत्रकार पनि समातिए

Machchapuchchre

काठमान्डौ । चर्चीत जनवादी गायक तथा बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका इञ्चार्ज माइला लामा रिहा भए लगत्तै पूनः गिरफ्तार परेका छन् । नेता लामा आइतबार उच्च अदालत पाटनको आदेशमा रिहा भएका थिए। लामासहित नेकपा केन्द्रीय सदस्य नविन विश्वकर्मा, तत्कालिन काठमाडाैं सेक्रेटरी धिरेन्द्रा उपाध्याय र इश्वर पनि रिहा भएका थिए ।

थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालतले रिहा गर्दै आदेश दिएको हो । तर अदालत परिसरबाटै उनीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको हाे । यसैबीच फोटो खिच्न पुगेका पत्रकारहरुलाई समेत प्रहरिले गिरफ्तार गरेको छ । नेकपा नेताहरु रिहा हुने भएपछि रिपोर्टिङ गर्न थुप्रै पत्रकारहरु पाटन उच्च अदालत पुगेका थिए ।

त्यसमध्ये अथक मासिकका प्रकाशक खम्बु चन्द, अनलाइन डबली डटकमका पत्रकार धनन्जय बुढा र रेडियाे मिर्मिरेका पत्रकार शाहस भट्टलाई समेत प्रहरीले समातेर लागेको छ । त्यस्तै खेलाडी पुरुश्वोत्तम बुढाथोकीलाई पनि प्रहरीले सोहि स्थानबाट बिनाकारण गिरफ्तार गरेको छ ।

ललितपुर जिल्ला अदालतले एनसेल मुख्यालयमा भएको ब’म वि’स्फो’टको घटनामा संलग्न रहेको भन्दै लामासहित नेकपा नेताहरूलाई पुर्पक्षामा पठाउने फैसला गरेको थियो । त्यस्तै जिल्ला अदालतले राज्य वि’रु’द्धको अपराध समेत ठहर गरेको थियो । जिल्ला अदालतको उक्त आदेशलाई उच्च अदालतले बदर गर्दै नेताहरुलाई रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालत ललितपुरको आदेशवि’रुद्ध उनीहरुका परिवार उच्च अदालत गएका थिए ।

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विहीबार चारै नेतालाई निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको थियाे । उनीहरुलाई विभिन्न समयमा प्र’हरीले गि’र’फ्तार गरेर हि’रा’सतमा लिएपछि ललितपुर जिल्ला अदालतले पुर्पक्षाको लागि भन्दै नख्खु का’रा’गारा चलान गरेको थियो ।

माओवादी जनयुद्धका चर्चित क्रान्तिकारी योद्धामध्ये माइला लामा एक हुन् । तत्कालीन राज्य सत्ता पल्टाउने योजनासहित जनयु’द्धमा होमिएका लामा घाइते समेत छन् । उनले यु’द्धकै क्रममा एउटा आँखा र एउटा कान गुमाएका छन् । प्रचण्ड नेतृत्वको माओवादी विघटन भएसँगै धेरैवटा माओवादी बनेका छन् । प्रचण्डबाट मोहन वैद्य ‘किरण’ नेतृत्वको माओवादीमा पुगेका लामा किरणबाट नेत्रविक्रम चन्द ‘विप्लव’ अलग भएपछि विप्लव नेतृत्वको नेकपामा छन् । विद्यार्थी जीवनबाटै गीत संगीतमा रुची राख्ने लामाले जनयु’द्धको क्रममा सयौँ जनवादी गीत सिर्जना गरेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्