उच्च अदातल परिसरबाट गिरफ्तार ३ पत्रकार रिहा

Machchapuchchre

काठमाडाैं । उच्च अदालत पाटन परिसरबाट गिरफ्तार ३ पत्रकार रिहा भएका छन् । जनवादी गायक तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माइलासहितका नेताहरू रिहा हुने भएपछि समाचार संकलनका लागि पुगेका पत्रकारहरु खम्बु चन्द, धनन्जय बुढा र शाहस भट्टलाई उच्च अदालत पाटनबाट प्रहरीले गिरफ्तार गरेकाे थियाे ।

क्रान्तिकारी पत्रकार संगठन नेपालकाे पहलमा तीनै जना पत्रकार गिरफ्तार परेकाे २ घण्टा नबित्दै रिहा भएका हुन । उनीहरूकाे रिहाइका लागि क्रान्तिकारी पत्रकार सँगठन नेपालका महासचिव बाबुराम भुषालसहितका पत्रकार नेताहरू महानगरीय प्रहरी परिसर जावलाखेल पुगेका थिए ।

तीनै जना पत्रकारसहित गिरफ्तार खेलाडी पुरूषाेत्तम न्याैपाने च राजन राइ पनि रिहा भएका छन् । समाचार संकलनका लागि पुगेका पत्रकारहरूलाई बिना कारण गिरफ्तार गरेर राज्यले प्रेश तथा अभिव्यक्ति स्वतन्त्रतामा बारम्बार प्रहार गर्दै आएकाे भन्दै क्रान्तिकारी पत्रकार सँगठन नेपालले आपत्ति समेत जनाएकाे छ । उक्त संगठनले यस्ता प्रेसविराेधी हर्कत बन्द गर्न पनि माग गरेकाे छ ।

आइतबार माइला लामासहित नेकपा नेताहरू नबिन बिश्वकर्मा, धिरेन्द्रा उपाध्याय र इश्वरलाई उच्च अदालत पाटनले रिहा गर्न आदेश दिएकाे थियाे । तर अदालतकाे आदेशलगत्तै रिहा भएका नेताहरूलाई प्रहरीले अदालत परिसरबाटै गिरफ्तार गरेको थियो ।

सोहि क्रममा फोटो र भिडियो लिइरहेको अवस्थामा प्रहरीले अथक मासिकका प्रकाशक खम्बु चन्द, अनलाइन डबली डटकमका पत्रकार धनन्जय बुढा र रेडियाे मिर्मिरेका पत्रकार शाहस भट्टलाई समेत प्रहरीले समातेर लागेको हाे । उनीहरूलाई महानगरीय प्रहरी परिसर जावलाखेलमा राखिएकाे थियाे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्