प्रधानमन्‍त्रीद्वारा नेकपा सांसदका लागि रात्रिभोज आयोजना, अनिवार्य उपस्थ‍ित हुन ‘ह्‍वीप’ जारी

RBB

काठमाडौँ । प्रधानमन्‍त्री एव‌ं नेकपा अध्यक्षले सांसदहरुका लागि रात्रिभोज आयोजना गरेका छन् । आइतबार रात्रिभोजका लागि नेकपाले आफ्‍ना सांसदहरुलाई मोबाइलमार्फत सन्देश पठाएको हो । सन्देशमा प्रधानमन्‍त्रीले आयोजना गरेको रात्रिभोजमा अनिवार्य उपस्थ‍ित हुन नेकपाले ‘ह्‍वीप’ जारी गरेको छ।

स्रोतका अनुसार अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सत्तारुढ सांसदहरुबीच एकमत बनाउने प्रयासस्वरुप प्रधानमन्त्री ओलीले भोजको आयोजना गरेका हुन्। भोजका लागि सांसदहरुलाई साँझ ६ बजे बालुवाटार छिर्न भनिएको छ।

नेकपा सांसदहरुबीच एमसीसी संसद्‍बाट अनुमोदन गर्न हुने/नहुने विषयमा मतान्तर छ। भीम रावल, झपटबहादुर रावल, देव गुरुङ लगायत नेताहरु एमसीसीको प्रावधान नेपालको हितमा नरहेको भन्दै विरोध जनाइरहेका छन्। केही नेताले भने मुलुकको समृद्धिको लागि अमेरिकाबाट एमसीसीमार्फत आउन लागेको अहिलेसम्मकै ठूलो अनुदान ठूलो भएकोले स्वीकार्नुपर्ने मत राखिरहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्