उदयपुरमा ११ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४२ पुग्यो

अर्थ राजनीति – उदयपुरको भुल्केमा थप ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै प्रदेश नम्बर–१ सरकारले मंगलबारदेखि पूरै जिल्लालाई चारैतिरबाट ‘सिल’ गर्ने निर्णय गरेको छ । उदयपुरबाट अन्य जिल्लामा कोरोना संक्रमण फैलिन नदिन यस्तो निर्णय गरेको प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिएका हुन् । उदयपुर जिल्लामा पूर्णरुपमा ‘लकडाउन’ गर्ने र जिल्लाका सबै नाका […]

कोरोना कहर: मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघ्यो, २५ लाखको हाराहारीमा संक्रमित

अर्थ राजनीति –  पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ७० हजार ३ सय ३८ पुगेको छ । विश्वमा कोरोना भाइरसको महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या थपिंदै गएको छ । संक्रमितको संख्या पनि बढेर २४ लाख ८२ हजार नाघेको छ । संक्रमितमध्ये ६ लाख ५२ हजार १ सय ५० […]

अध्यादेश बेमौसमि बाजा: नेपाली कांग्रेस

अर्थ राजनीति – सरकारले ल्याएको अध्यादेशलाई नेपाली कांग्रेसले बेमौसमको बाँसुरीको संज्ञा दिएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले सोमबार दुई वाटा अध्यादेश जारी गरेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनतालाई भोकमरीबाट जोगाउने बेलामा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु इतिहासकै दुःखद घटना भएको उल्लेख गरेका छन् । सभापति देउवाले जारी गरेको विज्ञप्तिमा सरकारको […]

राष्ट्रपतिद्वारा सरकारको सिफारिसमा दुवै अध्यादेश जारी

अर्थ राजनीति – राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेश जारी गरेकी छन् । राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यबिधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११४ को […]

नेकपामा फुटको संकेत, दाहाल निवासमा पुगे पूर्व माओवादीका मन्त्री र नेता

अर्थ राजनीति – सरकारले राजनीतिक दल फुटाउन खुकुलो बनाउने व्यवस्थासहितको अध्यादेश ल्याउने निर्णय गरेपछि पूर्वमाओवादीका मन्त्री र नेताहरु अध्यक्ष पुष्पकमल दाहालको निवासमा भेला भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी ओलीकै अग्रसरतामा उक्त अध्यादेश ल्याउने निर्णय गरिएको हो । पछिल्ला दिनमा नेकपाका दुई अध्यक्षबीच मतभेद बढिरहेका बेला सोमबार बसेको […]

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

अर्थ राजनीति – आज बसेको मन्त्रिपरिषद बैठकमा संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा यस्तो निर्णय भएको एक मन्त्रीले जानकारी गराए ।

कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रह: सबैजना संयमित भएर लागौ

अर्थ राजनीति — कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैजना संयम भएर लाग्नुपर्ने बताएका छन् । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले कुनै पनि व्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढंगले सरकार या कसैले पनि कुनै पनि कार्य नगर्न अपिल गरेका छन्। देउवाले विज्ञप्तिमा भनेका छन्, ‘आजको चुनौतीपूर्ण […]

प्रधानमन्त्रीलाई आँखा र कानको परीक्षण गराउन गगन थापाको आग्रह

अर्थ राजनीति – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान परीक्षण गराउन भनेका छन् । आफ्नो फेशबुक पेजमा थापाले लेखेका छन्,”हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित,तिनलाई खुवाउने नागरिक, मद्दत गर्ने स्थानीय सरकार, व्यथा बताउने पत्रकार, आदेश दिने अदालतलाई […]

कोरोना कहर: मृतकको संख्या १ लाख ६५ हजार नाग्यो

अर्थ राजनीति – कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६५ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसैगरी २४ लाख ६ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । सबैभन्दा बढी अमेरिकामा ४० हजार नाघेको छ ׀ अमेरिका पछाडी इटालीमा २३ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ भने स्पेन मा २० हजार ४ सय […]

के अब बैंकिंग क्षेत्रमा कर्मचारी कटौती हुदैछ ? ऋणीले ऋण तिर्न नसक्ने अवस्थामा के हुन्छ ? (भिडियो)

अर्थ राजनीति – नेपाल रास्ट्र बैंकका प्रबक्ता डा. गुणाकर भट्टले कोरोना महामारीका कारण अर्थतन्त्रमा सुस्तता आएसंगै अहिले बजारमा चर्चामा रहेको बिषय बैंकका कर्मचारी कटौती, शाखा मर्जर लगायतका बिषयमा रास्ट्र बैंकको धारणा राखेका छन् ׀ त्यस्तै ऋणीलाइ ऋण तिर्ने अबधि मात्र थपियो, ऋण तिर्न नै नसक्ने अबस्थामा के हुन्छ ? रास्ट्र बैंकले गरेको पहिलो चरणको सहुलियत् […]