प्रधानमन्त्रीलाई आँखा र कानको परीक्षण गराउन गगन थापाको आग्रह

Machchapuchchre

अर्थ राजनीति – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान परीक्षण गराउन भनेका छन् । आफ्नो फेशबुक पेजमा थापाले लेखेका छन्,”हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित,तिनलाई खुवाउने नागरिक, मद्दत गर्ने स्थानीय सरकार, व्यथा बताउने पत्रकार, आदेश दिने अदालतलाई परिचालित देख्ने, अनि तिनको पक्षमा उठेका आवाज ‘कर्कश ध्वनि’ ठान्ने हो भने प्रधानमन्त्रीज्यू, ‪आँखा र कान परीक्षण गराउन उपयुक्त होला!”

 

सरकारी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा प्रधानमन्त्रीले अलपत्र नागरिकबारे दिएको अभिव्यक्तिमा टिप्पणी गर्दै नेता थापाले आज यस्तो बताएका हुन् । उनले लकडाउनका कारण दुःख र कष्टमा परेका नागरिकको आवाज कर्कश ध्वनि ठान्ने हो भने प्रधानमन्त्रीले आँखा र कान परीक्षण गराउन उपयुक्त होला भन्दै व्यंग्य पनि हानेका छन् । साभार (फेसबुक पेज)

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्