कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रह: सबैजना संयमित भएर लागौ

Machchapuchchre

अर्थ राजनीति — कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैजना संयम भएर लाग्नुपर्ने बताएका छन् ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले कुनै पनि व्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढंगले सरकार या कसैले पनि कुनै पनि कार्य नगर्न अपिल गरेका छन्।

देउवाले विज्ञप्तिमा भनेका छन्, ‘आजको चुनौतीपूर्ण घडीमा अनेक समुदाय, विभिन्न धर्मावलम्बी, सबै जाति, वर्ग र क्षेत्रलाई संयम र आपसी एकताका लागि म हार्दिक अपिल गर्दछु। सबैको साथ र सबैको विश्वासले नै आजको संकटबाट पार तर्न सकिने यथार्थ पनि म स्मरण गर्न र गराउन चाहन्छु।’

त्यस्तै सभापति देउवाले कोरोना भाइरस संक्रमणको जोखिम सामना गर्न परीक्षणको दायरा समुदाय स्तरमा तीव्र रुपले विस्तार गर्न पनि सरकारसँग अनुरोध गरेका छन्। पर्याप्त स्वास्थ सामग्री एवं पर्याप्त राहतको बन्दोबस्त गरेर सरकारले परिस्थितिलाई थप असहज बन्नबाट रोक्नुपर्ने आवश्यकता रहेको पनि सभापति देउवाले बताएका छन्।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्