उदयपुरमा ११ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४२ पुग्यो

Machchapuchchre

अर्थ राजनीति – उदयपुरको भुल्केमा थप ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै प्रदेश नम्बर–१ सरकारले मंगलबारदेखि पूरै जिल्लालाई चारैतिरबाट ‘सिल’ गर्ने निर्णय गरेको छ । उदयपुरबाट अन्य जिल्लामा कोरोना संक्रमण फैलिन नदिन यस्तो निर्णय गरेको प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिएका हुन् । उदयपुर जिल्लामा पूर्णरुपमा ‘लकडाउन’ गर्ने र जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको उनले जानकारी दिए । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ८ जनाको र काठमाडौंको टेकुस्थित प्रयोगशालामा गरिएको परीक्षणमा तीनजनामा संक्रमण पुष्टि भएको हो । मंगलबार संक्रमण पुष्टि भएकामध्ये ९ जना पुरुष र दुईजना महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत शुक्रबार भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्