कोरोना कहर: मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघ्यो, २५ लाखको हाराहारीमा संक्रमित

Machchapuchchre

अर्थ राजनीति –  पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ७० हजार ३ सय ३८ पुगेको छ । विश्वमा कोरोना भाइरसको महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या थपिंदै गएको छ । संक्रमितको संख्या पनि बढेर २४ लाख ८२ हजार नाघेको छ । संक्रमितमध्ये ६ लाख ५२ हजार १ सय ५० जना उपचारपछि निको भएका छन् ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । अमेरिकामा ७ लाख ८२ हजार भन्दा बढी संक्रमित हुदा ४२ हजार ४ सय बढीको मृत्यु भएको छ । स्पेनमा २ लाख २ सय १० जना संक्रमित हुँदा २० हजार ८ सय ५२ जनाको मृत्यु भएको छ । त्यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ८१ हजार २ सय २८ जना पुगेको छ । त्यहाँ २४ हजार १ सय १४ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ५५ हजार ३ सय ८३ जना संक्रमित हुँदा २० हजार २ सय ६५ जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख ४७ हजार ६५ जना संक्रमित भएका छन् । मृतकको संख्या ४ हजार ८ सय ६२ पुगेको छ । बेलायतमा १ लाख २४ हजार ७ सय ४३ जना संक्रमित छन् भने १६ हजार ५ सय ९ जनाको मृत्यु भएको छ । भारतमा १८ हजार ५ सय ३९ जना संक्रमित हुँदा ५ सय ९२ जनाको मृत्यु भएको छ । त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या ८ हजार ४ सय १८ पुग्दा १ सय ७६ जनाको मृत्यु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्