दक्षिण एशियामा कोरोना प्रभाव: संक्रमित भारतमा सबै भन्दा धेरै, भुटानमा थोरै

Machchapuchchre

अर्थ राजनीति –  दक्षिण एशियामा सबैं भन्दा धेरै भारतमा संक्रमित भएका छन । भारतमा कोरोना भाइरसबाट २० हजार मानिस संक्रमित भइसकेका छन् । त्यहाँ ६४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

भारतपछि पाकिस्तानमा साँढे ९ हजार संक्रमित संख्या पुगेको छ । त्यहाँ भारतको भन्दा बढी ६७३ जनाको संक्रमणबाट मृत्यु भएको छ । बँगलादेशमा ३३ सय, अफगानिस्तानमा १ हजार, श्रीलंकामा ३१०, मालदिभ्समा ८३, नेपालमा ४२ र भुटानमा ६ जना संक्रमित भइसकेका छन् ।

विश्वको दोस्रो ठूलो जनसंख्या भएको भारतले संक्रमण रोकथामका लागि लकडाउन गरेको छ । लकडाउन एक महिना पुग्न लागेको छ । तर पति संक्रमित संख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको छ । बितेको २४ घन्टामा संक्रमित संख्या १५ सयले वृद्धि भएको छ । मृतक संख्या ५० भन्दा बढी वृद्धि भएको छ

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्