नेकपामा फुटको संकेत, दाहाल निवासमा पुगे पूर्व माओवादीका मन्त्री र नेता

Machchapuchchre

अर्थ राजनीति – सरकारले राजनीतिक दल फुटाउन खुकुलो बनाउने व्यवस्थासहितको अध्यादेश ल्याउने निर्णय गरेपछि पूर्वमाओवादीका मन्त्री र नेताहरु अध्यक्ष पुष्पकमल दाहालको निवासमा भेला भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी ओलीकै अग्रसरतामा उक्त अध्यादेश ल्याउने निर्णय गरिएको हो । पछिल्ला दिनमा नेकपाका दुई अध्यक्षबीच मतभेद बढिरहेका बेला सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजन गर्न संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत पुर्याए पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको हो ।

उक्त ऐनमा हालको व्यवस्थामा भने दल विभाजनका लागि दुबैतर्फ ४० प्रतिशत चाहिने व्यवस्था रहेको छ । सरकारले उक्त व्यवस्था बदल्दै कुनै एकतर्फ ४० प्रतिशत भए हुने निर्णय गरेको हो ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्