पर्सामा जगदम्बा इन्टरप्राइजेजका सीईओसहित तीन सङ्क्रमितको मृत्यु

अर्थ राजनीति ~  पर्सामा बिहीबार जगदम्बा इन्टरप्राईजेजका मुख्य कार्यकारी अधिकृत (सीईओ) सहित तीन जना काेराेना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमित जगदम्बा इन्टरप्राईजेजका ५६ वर्षीय सीईओको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । गण्डक अस्थायी कोभिड अस्पतालमा शङ्कास्पद कोरोना सङ्क्रमितको रुपमा साउन १३ गतेदेखि उपचार गराइरहनुभएका […]

कोरोना कहर: ६ लाख ७० हजारको मृत्यु, करिब एक करोड ७१ लाख संक्रमित

अर्थ राजनीति ~ विश्वभर कोरोना भाइरसको संक्रमित संख्या एक करोड ७१ लाख पुगेको छ । पछिल्लो तथ्यांक अनुसार ६ लाख ७० हजारको संक्रमणबाट मृत्यु भइसकेको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । त्यहाँ ४५ लाख ६८ हजार संक्रमित संख्या पुगेको छ जसमध्ये एक लाख ५३ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा २५ लाख ५५ […]

आज साउन १५, खीर खाएर मनाइदैं

अर्थ राजनीति ~ आज साउन १५ गते नेपालीहरूले खीर खाएर साउन १५ मनाउँदै छन् । बर्खायामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने चलन चलेको जानकारहरु बताउँछन् । आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खीरलगायत मिष्ठान्न परिकार खाने चलन छ । नेपाली समुदायमा असार १५ मा दही चिउरा र साउन […]

उपत्यकामा खतराको घन्टी; उच्च सतर्कता अपनाउन अतिआबस्यक !

अर्थ राजनीति ~  काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ । महाबौद्ध क्षेत्रमा व्यापार गर्ने एकै परिवारका पाँच सदस्यमा शनिबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो । काठमाडौंको महावौद्ध त्यस्तो ठाउँ हो, जहाँ होलसेल पसल प्रशस्त छन् र उपत्यकाका विभिन्न […]

४ महिनादेखि बन्द देशभरका होटलहरु आजबाट खुल्ने

अर्थ राजनीति ~  चार महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन् । कोभिड–१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन् । बिहीबारदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन हुने भए पनि तारे होटलले भने १० प्रतिशत मात्र सेवा सञ्चालन गर्ने भएका छन् । होटल सञ्चालनमा ठूलो खर्च लाग्ने […]

वीरगन्जमा बुधबारमात्रै दुई कोरोना संक्रमितको मृत्यु

वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारकोक्रममा बुधबार बिहान ३ बजे मृत्यु भएका ७० वर्षिय वृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा बुधबार बिहान ३ बजे मृत्यु भएका ७० वर्षिय वृद्धमा पनि कोरोना संक्रमण देखिएको पुष्टि गर्नुभयो । यसअघि नारायणी अस्पताल अन्तर्गतको गण्डक […]

बामदेवलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री

अर्थ राजनीति ~   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली छलफलका लागि पार्टी उपाध्यक्ष बामदेव गौतम निवास भैसेपाटी पुग्नुभएको छ । पार्टीभित्र चुलिएको विवाद सल्टाउन ६ बुँदे मध्यमार्गी प्रस्ताव गौतमले सोमबार राख्नुभएपछि थप छलफल गर्न प्रम ओली साँझ ८ बजे गौतम निवास पुग्नुुभएको स्रोतले बताएको छ । आज सोमबार विहान ११ […]

सुनील थापासहित २१ जनाको समूह कांग्रेस प्रवेश, थापाले के भने ?

अर्थ राजनीति ~  राप्रपा परित्याग गरेका सुनीलबहादुर थापा एघार केन्द्रीय सदस्यसहित कांग्रेसमा प्रवेश गरेका छन् । आफ्‍नै बाबुलगायतले गठन गरेको पार्टी परित्याग गर्दै उनी मंगलबार कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा नेता थापासहित २१ जनालाई सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका थिए । त्यस क्रममा सभापति देउवा थापा लगायत नयाँ […]

नेपालमा दुई सातायताकै सबैभन्दा बढी सङ्क्रमित आज थपिए, कुल १९ हजार ६३

अर्थ राजनीति ~   नेपालमा कोरोनाभाइरसका ३११ जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ का कुल सङ्क्रमितको सङ्ख्या १९ हजार ६३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा करिब पाँच हजार दुई सय जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएकोमा ३११ नयाँ सङ्क्रमितको पुष्टि भएको जनाएको […]

सुनिल थापासहितका नेता कार्यकर्ता आज कांग्रेस प्रवेश गर्दै

अर्थ राजनीति ~  राप्रपा छाडेका सुनिल थापा र अरू ११ जना नेता आज नेपाली कांग्रेसमा प्रवेश गर्दैछन् । उनीहरूलाई मङ्गलबार दिउँसो तीन बजे पार्टी कार्यालय सानेपामा पार्टी प्रवेशको कार्यक्रम राखिएको छ । कांग्रेसले थापालाई सह-महामन्त्री र अरू ५ जनालाई केन्द्रीय सदस्य दिने तयारी गरेको बुझिएको छ । थापासँगै राप्रपाका ११ केन्द्रीय सदस्यले पार्टी छाडेका हुन् […]