४ महिनादेखि बन्द देशभरका होटलहरु आजबाट खुल्ने

Machchapuchchre

अर्थ राजनीति ~  चार महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन् । कोभिड–१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन् ।
बिहीबारदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन हुने भए पनि तारे होटलले भने १० प्रतिशत मात्र सेवा सञ्चालन गर्ने भएका छन् । होटल सञ्चालनमा ठूलो खर्च लाग्ने तर त्यस अनुसार ग्राहकको सम्भावना नभएकाले सबै सेवा दिएर सञ्चालनमा ल्याउन समस्या हुने व्यवसायीको भनाइ छ ।
यसअघि नेपाल पर्यटन बोर्डले होटल तथा रेस्टुरेन्ट सञ्चालनका लागि स्वास्थ्य ‘प्रोटोकल’ सार्वजनिक पनि गरिसकेको छ । साउन १५ गतेदेखि होटल सञ्चालनमा अनुमति दिए पनि यसअघि कतिपय होटल सञ्चालनमा आइसकेका छन् । खासगरी विदेशबाट उद्धार गरेर ल्याइएका नेपालीलाई क्वारेन्टाइन स्थलका रूपमा सरकारले तोकेका होटल सञ्चालनमाआएका थिए ।
यसबाहेक काठमाडौँ उपत्यकाभित्रका केही पाँचतारे होटल पनि यसबीचमा खुला रहे । साउन १ गतेदेखि बन्दाबन्दी केही खुकुलो भएपछि सहरी क्षेत्रका रेस्टुरेन्ट पनि सञ्चालनमा छन् । कतिपय रेस्टुरेन्टले पूर्ण रूपमा नै सेवा उपलब्ध गराइरहेका छन् भने कतिपयले बसेर खान नपाउने तर लैजान सकिने ‘टेक अवे’ सेवा दिइरहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्