वीरगन्जमा बुधबारमात्रै दुई कोरोना संक्रमितको मृत्यु

Machchapuchchre

वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारकोक्रममा बुधबार बिहान ३ बजे मृत्यु भएका ७० वर्षिय वृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा बुधबार बिहान ३ बजे मृत्यु भएका ७० वर्षिय वृद्धमा पनि कोरोना संक्रमण देखिएको पुष्टि गर्नुभयो । यसअघि नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा बुधवार बिहान पौने ११ बजे एकजना उपचाररत संक्रमितको उपचारकोक्रममा मृत्यु भएको थियो ।
यसरी बुधबार पर्साको वीरगञ्जमा मृत्यु हुने संक्रमितमा वीरगञ्ज ६ गहवाका ७० वर्षिय वृद्ध र वीरगञ्ज ५ रेशमकोठी ६८ वर्षीय वृद्ध रहेका छन् । गहवाका मृतक वृद्धको बुधबार बिहान ३ बजे मृत्यु भएपनि पिसिआर रिर्पोट कोरोना पोजेटिभ भनी साझ मात्र आएको थियो भने अर्का बुधबार बिहान पौने ११ बजे मृत्यु भएका ६८ वर्षिय वृद्ध भने कोरोना संक्रमणको पुष्टि भएर ५ दिन देखि गण्डक अस्थायी कोभिड विशेष अस्पतालका उपचाररत हुनुहुन्थ्यो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्