नेपालमा दुई सातायताकै सबैभन्दा बढी सङ्क्रमित आज थपिए, कुल १९ हजार ६३

Machchapuchchre

अर्थ राजनीति ~   नेपालमा कोरोनाभाइरसका ३११ जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ का कुल सङ्क्रमितको सङ्ख्या १९ हजार ६३ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा करिब पाँच हजार दुई सय जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएकोमा ३११ नयाँ सङ्क्रमितको पुष्टि भएको जनाएको छ । हाल नेपालमा कोभिड–१९ का पाँच हजार १२९ जनामा सङ्क्रमण सक्रिय रहेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा १२१ जना सङ्क्रमित निको भएर घर फर्केको बताउनुभयो । उहाँका अनुसार हालसम्म १३ हजार ८७५ जना निको भएर घर फर्केका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्