पर्सामा जगदम्बा इन्टरप्राइजेजका सीईओसहित तीन सङ्क्रमितको मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~  पर्सामा बिहीबार जगदम्बा इन्टरप्राईजेजका मुख्य कार्यकारी अधिकृत (सीईओ) सहित तीन जना काेराेना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमित जगदम्बा इन्टरप्राईजेजका ५६ वर्षीय सीईओको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।

गण्डक अस्थायी कोभिड अस्पतालमा शङ्कास्पद कोरोना सङ्क्रमितको रुपमा साउन १३ गतेदेखि उपचार गराइरहनुभएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १६, नगवाका ३५ वर्षीय युवकको बिहीबार मृत्यु भएको थियो । त्यस्तै, वीरगञ्ज महानगरपालिका वडा नम्बर २, छपकैयाका ७० वर्षीय ज्येष्ठ नागरिककाे आफ्नै घरमा मृत्यु भएको थियो । बिहीबार मृत्यु भएका दुवै जनाको पीसीआर परीक्षण गर्दा रिपाेर्ट पोजिटिभ आएकाे हाे ।

कोरोना अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित सीईओको केही समयअघि मुटुको बाइपास शल्यक्रिया गरिएको र कोरोना सङ्क्रमण पुष्टि भएपछि साउन ७ गतेदेखि कोरोना अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो । बिहीबार राति पौनै ११ बजे सीईओको मृत्यु भएको डा. सिंहले जानकारी दिनुभयो ।

त्यस्तै, नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा शङ्कास्पद कोरोना सङ्क्रमितको रुपमा साउन १३ गतेदेखि उपचार गराइरहनुभएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १६, नगवाका ३५ वर्षीय युवकको बिहीबार मृत्यु भएको थियो । उहाँको बिहीबार बेलुकी ८ बजे उपचारको क्रममा मृत्यु भएको हो । अर्का ७० वर्षीय व्यक्ति भने बिहान मृत अवस्थामा आफ्नै घरमा फेला पर्नुभएकाे हाे । वीरगञ्जको नारायणी अस्पतालमा रहेको प्रयोगशालामा परीक्षण गरी बिहीबार राति १० बजे अाएकाे रिपाेर्टमा मृतक दुवैकाे रिपाेर्ट काेराेना पोजिटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्