कैलाश कम्पनीले धेरै आयकर तिर्ने कम्पनी

अर्थ राजनीति – कैलाश हेलिकोप्टरले बत्तीस पुतली क्षेत्रमा रहेका उद्योग व्यवसाय मध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनी सावित भएको छ । गत आर्थिक वर्षमा यो कम्पनीले धेरै आयकर तिरेको छ । धेरै आयकर तिर्ने कैलाशलाई आन्तरिक राजस्व कार्यालय बत्तीस पुतली कार्यालयले सोमबार सम्मान गरेको छ ।कम्पनी तीन वर्ष अघि स्थापना भएको हो। कम्पनीसँग फ्रान्समा निर्मित […]

महोत्तरीको बर्दिबास नगरपालिकामा बालिकाको हत्या

अर्थ राजनीति ~ महोत्तरीको बर्दिबास नगरपालिकामा एक जना बालिकाको हत्या भएको छ । बर्दिवास नगरपालिकाको वडा नम्बर १४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको हो । उनी आइतबार साँझदेखि घरबाट  वेपत्ता थिइन् । उनको शव सोमबार राति घर नजिकैको खेतमा फेला परेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण  ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका ५ जना, इलामका २ जना, उदयपुर, भक्तपुर, मोरङ र इलामका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा थप १९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा थप १९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३८१ जनामा गरिएको परीक्षणमा १९८० जना संक्रमित भेटिएका हुन् । योसँगै संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ जना पुगेको छ ।

२ लाख २ हजार ६७ जना कोरोना संक्रमणबाट मुक्त

अर्थ राजनीति ~कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९८० संक्रमित थपिँदा ३ हजार ४३ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ । अहि;ले सम्म २ लाख २ […]

धनुषाकी एक युवतीको सामूहिक बलात्कारपछि हत्याको प्रयास

अर्थ राजनीति ~ धनुषाकी एक युवतीको सामूहिक बलात्कारपछि हत्या प्रयास भएको छ । मिथिला नगरपालिका २ नकटाझिजकी १८ बर्षीया युवतीलाई तीनजनाको समूहले बलात्कार गरेको हो । बलात्कारपछि उनीहरुले उनलाई उनकै सलले घाटीमा बेरेर  झुण्डयाएर हत्या गर्ने प्रयास गरेका थिए । पीडितको अहिले एक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ । घटनामा […]

कक्षा १२ को बोर्डको परिक्षा आजबाट सुरु

अर्थ राजनीति ~ कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुको परीक्षा भौतिक उपस्थितिमै लिन लागेको हो । बिहान ८ बजेबाट सुरु परीक्षा साढे एक घण्टाको हुने छ । बोर्डले यस पटक ४० प्रतिशत अंकका […]

बलात्कारमा सजाय बढ्यो साथै मिलापत्र गराउनेलाई पनि सजाए

अर्थ राजनीति ~ बलात्कारमा संलग्नको सजाय बढाउने र मिलापत्र गराउनेलाई अपराध कानूनको दायरामा ल्याउने गरी सरकारले अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । राष्ट्रपतिबाट प्रमाणित भए पछि अध्यादेश लागू हुनेछ । कानून मन्त्रालय स्रोतका अनुसार जेष्ठ नागरिक ऐन, मुलुकी अपराध संहिता र मुलुकी फौजदारि कार्यविधि संहितालाई संशोधन गर्ने […]

आन्तरिक राजस्व कार्यालय बागलुङ उत्कृष्ट कर कार्यालय बन्न सफल

अर्थ राजनीति ~ आन्तरिक राजस्व कार्यालय बागलुङ आर्थिक वर्ष २०७६/७७ को उत्कृष्ट कर कार्यालय बनेको छ  । आन्तरिक राजस्व कार्यालयले देशभरका कार्य सम्पादन सम्झौता, राजस्व लक्ष्य तथा कार्य सम्पादन परिसूचकका आधारमा उत्कृष्ट कर कार्यालयको घोषणा गरेको हो । विभागका अनुसार यो सूचीको पहिलो स्थानमा बागलुङ रहृयो । दोस्रो स्थानमा आन्तरिक राजस्व कार्यालय सिमरा रहेको छ […]

काठमाडौंमा काली  पराजुली र भक्तपुरमा प्रेम भट्टराई नयाँ प्रमुख जिल्ला अधिकारी

अर्थ राजनीति ~ काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । यो भन्दा अघि  काठमाडौंको  सीडीओ जनकराज दाहाल थिए भने भक्तपुरको  सीडीओ हुमकला पाण्डे रहेकी थिइन । काठमाडौंमा नयाँ सिडिओ काली  पराजुली आएका छन् भने भक्तपुरमा प्रेम भट्टराई आएका  छन् । काठमाडौंमा हाल रहेका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा […]