बलात्कारमा सजाय बढ्यो साथै मिलापत्र गराउनेलाई पनि सजाए

अर्थ राजनीति ~ बलात्कारमा संलग्नको सजाय बढाउने र मिलापत्र गराउनेलाई अपराध कानूनको दायरामा ल्याउने गरी सरकारले अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । राष्ट्रपतिबाट प्रमाणित भए पछि अध्यादेश लागू हुनेछ । कानून मन्त्रालय स्रोतका अनुसार जेष्ठ नागरिक ऐन, मुलुकी अपराध संहिता र मुलुकी फौजदारि कार्यविधि संहितालाई संशोधन गर्ने […]

आन्तरिक राजस्व कार्यालय बागलुङ उत्कृष्ट कर कार्यालय बन्न सफल

अर्थ राजनीति ~ आन्तरिक राजस्व कार्यालय बागलुङ आर्थिक वर्ष २०७६/७७ को उत्कृष्ट कर कार्यालय बनेको छ  । आन्तरिक राजस्व कार्यालयले देशभरका कार्य सम्पादन सम्झौता, राजस्व लक्ष्य तथा कार्य सम्पादन परिसूचकका आधारमा उत्कृष्ट कर कार्यालयको घोषणा गरेको हो । विभागका अनुसार यो सूचीको पहिलो स्थानमा बागलुङ रहृयो । दोस्रो स्थानमा आन्तरिक राजस्व कार्यालय सिमरा रहेको छ […]

काठमाडौंमा काली  पराजुली र भक्तपुरमा प्रेम भट्टराई नयाँ प्रमुख जिल्ला अधिकारी

अर्थ राजनीति ~ काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । यो भन्दा अघि  काठमाडौंको  सीडीओ जनकराज दाहाल थिए भने भक्तपुरको  सीडीओ हुमकला पाण्डे रहेकी थिइन । काठमाडौंमा नयाँ सिडिओ काली  पराजुली आएका छन् भने भक्तपुरमा प्रेम भट्टराई आएका  छन् । काठमाडौंमा हाल रहेका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा […]

लोक सेवा आयोगले लिने परीक्षाको ट्युसन पढाउन सरकारी कर्मचारीले स्वीकृति लिनुपर्ने

अर्थ राजनीति ~ लोक सेवा आयोगले लिने परीक्षाको ट्युसन पढाउन सरकारी कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मन्त्रिपरिषदबाट स्वीकृति लिनुपर्ने भएको छ । राजपत्रांकित प्रथम श्रेणी वा सहसचिवदेखि माथिका कर्मचारीहरुले मन्त्रिपरिषदबाट र त्यसदेखि तल्लो तहका कर्मचारीले सामान्य प्रशासन मन्त्रालयबाट अनुमति लिएर मात्र निजी संस्थामा ट्युसन पढाउन पाउने भएका छन ।  यो निर्णय समायोजन […]

कोरोना संक्रमणबाट ११ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण  ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ । काठमाडौंका ५ जना, दाङका २ जना, काभ्रे, सप्तरी, तनहुँ र बर्दियाका १/१ जनाको मृत्यु भएको सम्बन्धित अस्पताल र प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएका छन् ।

वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट मृत्यु

अर्थ राजनीति ~  ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक एवं वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट शनिबार मृत्यु  भएको छ ।   अस्पतालका अनुसार उनलाई कडा निमोनिया भएको थियो र आईसीयूमा राखेर उपचार गरिएको थियो । उनले वीर अस्पतालमा निर्देशकका रुपमा समेत काम गरेका थिए ।  

अफगानिस्तानको राजधानी काबुलमा रकेट आक्रमण

अर्थ राजनीति ~ अफगानिस्तानको राजधानी काबुलमा  रकेट आक्रमण भएको छ । रकेट आक्रमणमा ८ जनाको  मृत्यु भएको छ । आतंककारी समूहले शनिबार करिब २३ राउण्ड रकेट आक्रमण गरेका सरकारी अधिकारीहरूले  जानकारी दिएका छन । गृहमन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताउँदै घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्ने बताएका छन ।

जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको कोरोना संक्रमणबाट निधन

अर्थ राजनीति ~नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट निधन भएको  छ । सप्तरीको राजविराज वडा नम्बर २ घर भएका जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार मृत्यु भएको छ ।  दुई साताअघि कोरोना पोजेटिभ देखिएपछि उनी विराटनगरको नोबेल अस्पतालमा उपचार गराइरहेका थिए । उपचारकै क्रममा शनिबार राति उनको मृत्यु भएको छ ।गौरीशंकर देव सिरहाको कल्याणपुर […]

बीएड प्रथम र छैठौं सेमेस्टरको परीक्षा होम सेन्टरमा

अर्थ राजनीति ~ बीएड प्रथम र छैठौं सेमेस्टरको परीक्षा सम्बन्धित क्याम्पसमै हुने भएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षा संकाय, परीक्षा नियन्त्रण महाशाखाले काठमाडौं उपत्यका बाहिर ‘होम सेन्टर’मा परीक्षा सञ्चालन गर्न लागेको छ । काठमाडौं उपत्यकाका लागि भने ताहचालस्थित महेन्द्ररत्न क्याम्पस, कुलेश्वरस्थित जनमैत्री क्याम्पस र भक्तपुरस्थित सानोठिमी क्याम्पसलाई केन्द्र तोकिएको छ । बीएड प्रथम सेमेस्टरको १७ […]

पछिल्लो २४ घन्टामा १६७४ जनामा कोरोना संक्रमणको पुष्टि

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा  १६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ । देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा ६६१ महिला र १०१३ पुरुषमा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । उनीहरुमध्ये १ लाख ९३ हजार […]