लोक सेवा आयोगले लिने परीक्षाको ट्युसन पढाउन सरकारी कर्मचारीले स्वीकृति लिनुपर्ने

Machchapuchchre

अर्थ राजनीति ~ लोक सेवा आयोगले लिने परीक्षाको ट्युसन पढाउन सरकारी कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मन्त्रिपरिषदबाट स्वीकृति लिनुपर्ने भएको छ । राजपत्रांकित प्रथम श्रेणी वा सहसचिवदेखि माथिका कर्मचारीहरुले मन्त्रिपरिषदबाट र त्यसदेखि तल्लो तहका कर्मचारीले सामान्य प्रशासन मन्त्रालयबाट अनुमति लिएर मात्र निजी संस्थामा ट्युसन पढाउन पाउने भएका छन ।  यो निर्णय समायोजन भएर प्रदेश वा स्थानीय तहमा पुगेका कर्मचारीहरुमा पनि लागु हुने मन्त्रालयले जानकारी दिएको  छ । मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले भौतिक रुपमा उपस्थित भएर वा अनलाइन दुवै माध्यमबाट अनुमति बिना  निजी इन्ष्टिच्युटहरुमा पढाउन नपाइने जानकारी दिए  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्