धनुषाकी एक युवतीको सामूहिक बलात्कारपछि हत्याको प्रयास

Machchapuchchre

अर्थ राजनीति ~ धनुषाकी एक युवतीको सामूहिक बलात्कारपछि हत्या प्रयास भएको छ । मिथिला नगरपालिका २ नकटाझिजकी १८ बर्षीया युवतीलाई तीनजनाको समूहले बलात्कार गरेको हो । बलात्कारपछि उनीहरुले उनलाई उनकै सलले घाटीमा बेरेर  झुण्डयाएर हत्या गर्ने प्रयास गरेका थिए । पीडितको अहिले एक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ । घटनामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् भने एकजना अझै फरार छन् । घटनामा संलग्न भएको आरोपमा २० वर्षीय शिवचन्द्र कृपाल महतो र सरोज महतोलाइ प्रहरीले प्रकाउ गरेको छ भने एक जना अझै  फरार  छन ।  उनीहरुबिरुद्ध अपहरण तथा शरीर बन्धक, जर्वजस्ती करणी र कर्तव्य ज्यान उद्योग मुद्दा दायर गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरीले जानकारी दिएको छ ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्