नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित

अर्थ राजनीति ~ नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा हिराचन निर्वाचित भएका छन । हिराचन किशोरकुमार प्रधान समूहबाट वस्तुगत सदस्यमा चुनाब लडेका थिए । उनका प्रतिस्पर्धी डीबी बस्नेत थिए ।डीबी बस्नेतलाइ हराउदै उनि निर्वाचित भएका हुन् । उनी नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष हुन् ।

स्याङ्जाबाट सवइन्जिनियर घुससहित पक्राउ

अर्थ राजनीति ~ स्याङ्जाबाट असिस्टेन्ट सवइन्जिनियर घुससहित पक्राउ परेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई स्याङ्जा अन्तर्गत भिरकोट नगरपालिकामा कार्यरत सवइन्जिनियर भगवती राउत ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका छन । भीरकोट नगरपालिका–१ बयरघारीबाट उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु

अर्थ राजनीति ~ कोरोना भाइरस संक्रमणका कारण १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका ३ जना, ललितपुर र झापाका २/२ जना, भक्तपुर, धादिङ, गोरखा, रुपन्देही, कपिलवस्तु, दाङका १/१ जनाको मृत्यु भएको प्रदेको सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएको छ ।

बाँकेमा कात्तिके पूर्णिमाको अवसरमा लागेको मेलामा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु

अर्थ राजनीति ~ बाँकेमा कात्तिके पूर्णिमाको अवसरमा लागेको मेलामा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । १२ जना चाहि घाइते भएका छन् । झडपमा परी मृत्यु हुनेमा जानकी गाउँपालिका–५ का गुरूगाउँका ५४ वर्षीय धनीराम यादव रहेका छन् । स्थानीय २३ वर्षीय बाबु यादव र २३ वर्षीय राम नरेश गुप्ताबीच पूर्व रिसिबीका कारण भएको […]

बालुवाटारमै बोलाइयो नेकपा सचिवालय बैठक

अर्थ राजनीति ~ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बालुवाटारमै बस्ने भएको छ । बैठक पार्टी कार्यालय, धुम्बाराहीमा बस्ने भनिएको थियो । तर मंगलबार विहान महासचिव विष्णु पौडेलले सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै बस्ने सूचना नेताहरुलाई दिएका छन् । धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट हुने गृह मन्त्रालयको रिर्पोटिङ रहेको भन्दै बालुवाटारमै बैठक बोलाइएको […]

वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपरिषद्को सदस्यमा नियुक्त

अर्थ राजनीति ~ वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ न्यायपरिषद्को सदस्यमा नियुक्त भएका छन । श्रेष्ठलाइ  राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार परिषद्को सदस्यमा नियुक्त गरेकी हुन् । न्यायाधीश नियुक्ति र आचरणसम्बन्धी अनुगमन गरी कारबाही गर्ने निकाय न्यायपरिषदमा प्रधानन्यायाधीश अध्यक्ष रहन्छन् भने संघीय सरकारका कानुन, न्यायमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने वरिष्ठ अधिवक्ता […]

अर्को साताबाट दिल्ली–काठमाडौं उडानका लागि अनुमति

अर्थ राजनीति ~ स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौं उडानका लागि अनुमति दिने तयारी गरेको छ । १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको एयर बबल स्वीकार गर्ने निर्णय गरेको थियो । अब नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय उड्ययन निकायसँग उडानसम्बन्धी नियम बनाएपछि उडान सुचारु हुनेछ ।

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आउदो  पुस १ गतेदेखि खुला गरिने

अर्थ राजनीति ~ गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आउदो  पुस १ गतेदेखि खुला गरिने भएको छ । भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्डसमेत कोषले तयार पारेको छ […]

कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित तीन जना प्रक्राउ

अर्थ राजनीति ~ कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित तीन जनालाइ प्रहरीले  पक्राउ गरेको  छ। पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा डेरा गरी बस्ने रितिका बम, उनका श्रीमान अनुज शर्मा र भगतपुरका दिपक नाथ रहेका  छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी अमरबहादुर थापा क्षेत्रीका अनुसार बम र शर्मालाई मेहेन्द्रनगरस्थित बजारमा फेला पारी खनतलासी लिँदा एक […]

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणका कारण  १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।कास्कीका ४, ललितपुरका २, काठमाडौं, सिन्धुली, काभ्रे, धादिङ, स्याङ्जा र कञ्चनपुरका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएका छन् ।